साझा नेटवर्क
कतार, कार्तिक ६।
तनहुँ सेवा समाज दोहा कतारको ९ औं अधिवेशनको तयारी अन्तिम पुगेको छ । ‘’सवाल र समृद् जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सदैव तनहुँ सेवा समाज दोहा,कतारको अभियान’’ भन्ने मुल नाराका साथ् २००४ मा स्थापना गरेको संस्थाले नाम जस्तै कामहरु पनि गर्दै आएको छ ।
२८ अक्टोबर २०१६ का दिन दोहाको नेसनल स्थित टप फर्म रेस्टुरेन्टमा दिनको १ः०० बजेबाट संचालन हुने कार्यक्रमलाई सव्य र भव्य रुपले सम्पन्न गर्नका लागि तनहुँ जिल्ला देखि मध्य पुर्व कतार राष्ट्रमा बिभिन्न तवरले रहनु भएका तनहुँ तथा गैर तनहुँ बासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई आव्हान गरेको हो ।
संस्थाको सदस्यता आबेदन खुलेको जानकारी गराउदै पूरानो सदस्यता कार्ड नवीकरण गर्न तथा नयाँ सदस्यताका लागि फार्म भर्न अनुरोध गरेको छ । तोयानाथ पौडेलको अध्यक्षतामा ८ औं अधिवेशनबाट निर्वा्चित कार्यसमितिलाई विघटन गर्दै नयाँ समिति चयन गर्ने छ । साथै संस्थालाई सहयोग गर्ने संस्था तथा व्याक्तिहरुलाई सम्मान समेत गर्ने भएको छ ।
थप जानकारीका लागि अध्यक्ष तोयानाथ पौडेल ५५५१६५०७,उपाध्यक्ष पदम बि. क ७०६०४२०८ , महासचिव दिल बहादुर रानाभाट ७७०११३४०र३३०७१५२९ सचिव बलराम गैह्रे ३३२०१३६६ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend