logo
  • शुक्रबार, साउन ८ २०८३

मृगौला पीडित मन वि.क.द्वारा आर्थिक सहयोगका लागि अपिल


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

विमल खड्का, बागलुङ  कार्तिक ५ ।
बागलुङको खुंगा गाउँ विकास समिति वडा नं. ७ का ३५ वर्षीय मृगौला पीडित मन बहादुर वि.क.ले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । विगत १० महिनादेखि उपचार गराइरहेका वि.क.ले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न कठिनाइ भएको हुँदा उपचारका लागि आर्थिक सहयोग गर्न आफन्तजन, व्यक्ति संघसंस्था लगायत सबैलाई अपिल गरेका हुन् ।14813595_1800251336896448_1215109935_n

शिक्षण अस्पताल काडमाण्डौको मेडिकल रिपोर्ट अनुसार उनको दुबै मृगौलाले काम नगर्ने भएको छ र उपचारका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । तर यो उपचार निकै महंगो पर्ने गर्छ । अहिले वि.क.ले गण्डकी अस्पताल पोखरामा मृगौलाको डाइलोसिस् गराइरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई निशुल्क डाइलोसिस् गराइएको अस्पताल स्रोतले बताएको छ । थप उपचारका लागि सबैलाई आर्थिक सहयोग गरिदिन उनको परिवारले समेत सबैलाई आग्रह गरेको छ भने सूचना प्रवाह गरिदिनका लागि संचार माध्यमलाई समेत अनुरोध गरिएको छ ।

आर्थिक सहयोगका लागि प्रभु बैंकको खाता नं.०७२०१५००७६६१७३०००००१ मा रकम संकलन गर्न वा सामुदायिक रेडियो परिवर्तनको कार्यालयमा समेत सम्पर्क गर्न सकिने बताए छन्  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend