साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी कार्तिक ४ ।
बडागाँउ ९ पाइडाडामा रहेको सप्तरँगी युवा क्लबले खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगीता आयोजना गर्ने भएको छ । बिजयादशमीको स्वागत तथा शुभ दिपावलीलाई स्वागत गर्दे खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगीता आयोजना गरिएको क्लबका सचिब प्रकाश थापाले जानकारी दिनुभयो ।
क्लबले यही कार्तिक ५, ६ र ७ गते सोही कार्यक्रम आयोजना गरेको हो । बडागाँउ गाबिसको वडा नम्बर ९ मा रहेको ग्वादीकाचौरमा सोही कार्यक्रम बिहान १० बजेबाट उल्लेखती मितिमा सञ्चालित हुने थापाले जानकारी दिनुभयो । प्रतियोगीतामा बिजयी हुने समुहले नगद रु १५ हजार कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा द्धितीय हुने समुहले नगद रु ८ हजार कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
कार्यक्रममा सहभागी हुनको लागि नाम दर्ता धमाधम भइरहेको र फोनबाट पनि नाम दर्ता गर्न सकिने थापाले जानकारी दिनुभयो । स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई प्रोत्साहन तथा खेल प्रति युवा पिढीको चाख बढाउनको लागि सोही कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष राम बहादुर घिमिरे को भनाइ रहेको छ ।
क्लबले खेल आयोजना गर्नको लागि आर्थिक सहयोग संकलन कार्यलाइ पनि अगाडी बढाएको छ । क्लबले आसपासमा रहेका संघसंस्था, समुह तथा स्थानीयहरुलाई उपस्थिती तथा सहभागीताको लागि आग्रह गरेको छ ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend