साझा नेटवर्क
काठमाडौं, कार्तिक ३ ।
काठमाडौंबाट भैरहवातर्फ हिँडेको यात्रुबाहक बस मंगलबार राति त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै लु.१ख. ७३७१ नम्बरको यात्रुबाहक बस नदीमा खसेको चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए।
उनका अनुसार नदीबाट ९ जनाको जीवितै उद्धार गरिएको छ। मृतकको पहिचान भइसकेको छैन। बसमा कति मान्छे थिए यकिन हुन नसकेको कुँवरले बताए । उनका अनुसार पानीमा बगेर केही बेपत्ता भएको आशंका गरिएको छ। दुर्घटनास्थलमा प्रहरीले बेपत्ताको खोजी र उद्धार गरिरहेको कुँवरले बताए।
बस करिब ८ः४५ बसे सडकबाट नदीमा खसेको अनुमान गरिएको छ। एसपी कुँवरका अनुसार दुर्घटनामा यात्रु राजु विक बेपत्ता भएको जानकारी छ। ‘बसमा कति थिए भन्ने यकिन भएन हामीले ९ जनाको उद्धार गरेका छौं, राजु विक नाम गरेका यात्रु बेपत्ता रहेको कुँवरको भनाइ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend