logo
  • शनिबार, साउन ३० २०८३

संविधान संसोधनको कुरा औचित्यहिन : एमाले नेता बिष्ट


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल गुल्मी, कार्तिक २।12193543_525404144302941_352739513342527797_n
नेकपा एमालेका सचिव गोर्कणराज बिष्टले संविधान एक दस्तावेज मात्र भएकाले यसलाई समय अनुसार समय अनुसार संसोधन गर्न सकिने तर त्यसको औचित्य पुष्टी हुनुपर्नेमा जोड दिनुभएको छ । अहिले केहि पार्टीहरुले संविधान संसोधनको कुरा उठाईरहेको बताउँदै त्यो औचित्यहिन भन्दै एमालले कुनै हालतमा सर्मथन नगर्ने बताएका छन् ।

किशानका लागी उन्नत बिउ बिजन कार्यक्रम बाख्रा विकास परियोजना अन्तरगत बाख्रा उपहार तथा पुरस्कार वितरण कार्यक्रमको अम्मरपुरमा संबोधन गर्दै गुल्मी क्षेत्र नं ३ का सांसद बिष्टले स्थानीय निकायको चुनाव जतिसक्दो छिटो बताउनुभयो । जसका लागी आफु र आफ्नो पार्टीले पहल गरिरहेको सांसद बिष्टको भनाई छ ।

साथै संघियताको प्रसंगमा उहाँले कुनैपनि हालतमा लुम्बिनी अञ्चलका जिल्लाहरु टुक्राउन नहुने भन्दै यदि त्यसो भएमा राजनितीक दल र जनता मिलेर बिरोध गर्नुपर्ने बताउनुभयो। जिल्लाको सन्धर्वमा नौ वटा स्वास्थ्यचौकी, विभिन्न सडकहरु, खानेपानी आयोजना, सिंचाई आयोजना लगायतका योजनाहरु कार्यान्वयनको अवस्थामा रहेको बताए।

बिष्टले आफु जनाताको ठुलो मान्छे नभएर सेवक मात्र भएको बताउँदै विकाससंग राजनिती नजोडेर स्थानीय स्तरका सवै राजनितीक पार्टी मिलेर विकासमा लाग्न आग्रह गर्नुभयो । सोहि अवसरमा संयुक्त राष्ट्र संघका पुर्व उपमहासचिव कुलचन्द्र गौतमले स्थापना गरेको ट्रष्ट प्रति आभार व्यक्त गरेका छन् ।

कार्यक्रमका बिशेष अतिथी कुलचन्द्र गौतमले अन्य देशको तुलनामा नेपाल र गुल्मी जिल्ला सामाजिक विकासको सन्दर्भमा अगाडी रहेको तर आर्थिक विकासमा भने खासै प्रगती नभएकोले त्यसमा सवैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै २०७४ मंसिरमा आफ्नो ७० औ जन्मदिनको अवसरमा जन्मस्थल अम्मरपुरमा स्वास्थ्य शिविर लगायतका कार्य गरि अम्मरपुर महोत्सव मनाउने बताउनुभयो ।

हेफर इन्टर नेशनलका कार्यकारी निर्देशक डाक्टर तीर्थराज रेग्मीले हेफर इन्टरनेशनलका विभिन्न गतिविधी तथा संस्थाका उदेश्यका बारेमा बताउनुभएको थियो । उहाँले एक घरले बार्षिक तीन लाख आम्दानी गर्ने, मासुमा आत्मनिर्भर बन्ने, तरकारी खेती तथा अन्य नगदेवालीमा वृद्धि गरी जीवन स्तर उकास्ने जस्ता लक्ष्यहरु संस्थाको रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला तथा अम्मरपुर स्थित राजनितीक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायत अम्मरपुरबासीको उपस्थिती रहेको थियो । कार्यक्रममा नवप्रभात युवा संघको परियोजना संयोजक प्रकाश चालिसेले अम्मरपुर गाविसमा संचालित हेफर इन्टरनेशनलका गतिविधीको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रम हिमा गौतम स्मृती कोषका कार्यबहाक अध्यक्ष नारायण पराजुलीको अध्यक्षता तथा गाविस सचिव नारायण महतको संचालनमा सम्पन्न भएको त्यहाँ पुग्नुभएका सहकर्मी हुमाकान्त पोख्रेलले यो खबर पठाउनु भएको छ ।
कार्यक्रम अम्मरपुर गाविस,हिमा गौतम स्मृति कोष,नवप्रभात युवा संघको आयोजना हेफर इन्टरनेशनलको सहयोग तथा लोककल्याणकारी युवा क्वलको सहजीकरण सहजीकरणमा सम्पन्न भएको थियो। कार्यक्रममा ३३१ वटा बाखा् र ८ बटा उन्नत जातका बोका उपहार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend