साझा नेटवर्क
पाल्पा, कार्तिक १ ।
विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ-पाल्पा लायन्स लाकौल आँखा अस्पताल, तानसेन, पाल्पाद्वारा आज मिति २०७३ कार्तिक १ गते पाल्पा स्थित श्री चण्डी प्रसाद गणमा सेवारत सैनिक अधिकृत तथा जवानहरुको निःशुल्क आँखा परिक्षण गरियो ।
निःशुल्क आँखा शिबिरको समुद्घाटन गर्दै नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य तथा पाल्पा शाखाका सभापति चकोरमान शाक्यले जिवनभर राष्ट्र र जनताको सेवामा समर्पित सैनिक जवान/सैनिक अधिकृतहरुको विश्व दृष्टि दिवसको अवसरमा आँखा शिबिरको माध्यमबाट आँखा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरिएको र शिबिरलाई श्री चण्डी प्रसाद गणले गरेको सह्रानिय सहयोग प्रति आभार प्रकट सहित धन्यवाद ज्ञापन गर्दै शिबिरबाट सबै जवानहरुले सक भर बढि लाभ लिन आग्रह गर्नु भयो ।
शिबिर समापनको कार्यक्रममा गणपति दिर्घ बहादुर चन्दले विश्व दृष्टि दिवसको अवसरमा आयोजित निःशुल्क आँखा शिबिरले आँखा स्वास्थ्य शिक्षा सम्बन्धि जन–चेतना अबिधृद्धि गर्नुका साथै पवित्र मन, वचन र कर्मका साथ अघि बढि रहेको सामाजिक संस्था नेपाल नेत्र ज्योति संघ-पाल्पा लायन्स लाकौल आँखा अस्पतालको उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद ज्ञापन गर्नु भयो ।शिबिरमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यवस्थापक हिरा लाल धामी प्राविधिकहरु मिन बहादुर कार्की, शम्भू प्रसाद आचार्यले सेवा गर्नु भएको थियो ।
उक्त शिबिरमा जाँच गरिएका मध्ये १ जनामा मोति बिन्दु, १ जनामा जल विन्दु, ५ जनाको आँखामा मासु पलाएको (Pterygium) १५ जनामा दृष्टि दोष रहेको, ५ जनामा आँखा पाक्ने समस्या रहेको र अन्यको आँखा सामान्य रहेको पाईएको शिबिर ईन्चार्ज तथा पाल्पा लायन्स लाकौल आँखा अस्पतालका अस्पताल व्यवस्थापक हिरा लाल धामीले जानकारी दिनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend