साझा नेटवर्क
घनश्याम पराजुली,दोहा असोज २९।
नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडादशै कतारमा पनी मनाईएको छ । गत मंगलबारका दिन परेको बडादशैलाई कतारमा भने शुक्रबारका दिनमा हर्षो उल्लासका साथ मनाएका छन ।
कतारमा परिवारसँगै बस्तै आएका र अन्य केही नेपालीहरुले भने बडादशैको दिन मंगलबार नै टिका थापेका थिए । आफु बस्ने क्याम्पमा उमारेका जमरा र रातो टिका निधारभरी लगाएर कतारको पर्यटकिय स्थल कर्नेसमा डुङ्गा चढेर रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्थै भेटिए । 
टिकाको दिन मंगलबार परेको हुदा धेरै नेपालीहरुले भने छुट्टीको दिन शुक्रबारको दिनमा दशै मनाए । कतारको राजधानी दोहा देखी ६० कि.मी टाढा पुगेर पाथेका कन्चन बचत समुहले दशैलाई हर्षो उल्लासका साथ मनायो ।
बचत समुहले दशै मिलन कार्यक्रमको आयोजना गरेको हो । मरुभुमिको छेउछाउमा हरियाली जंगल सँगैको अलखोर स्थित समुन्द्रको किनारमा उनीहरुले मनोरन्जन कार्यक्रमका साथ बडादशैको टिका थापेका थिए । बर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैलाई प्रवासको ठाउमा पनी आफनै गाउँठाउँका साथि भाई र आफन्तहरुसँग मिलेर मनाएका थिए ।
दशै मिलन कार्यक्रमका संयोजक केदार बानियाले दशैको शुभकामना दिदै भने ‘प्रवासको ठाउँमा हामी एक परिवार भएर दशै मनाई रहेका छौ ।’पाथेका कन्चन बचत समुहको बारेमाबोल्दै बानियाँले यो बचत समुहले नेपालको कला र सँस्कृती साथै थुप्रै सहयोगका कामहरु गरेका बताए । 
कार्यक्रममा बचत समुहका अध्यक्ष मिलन राईले विगत ६ बर्ष देखी कतारमा यसरी नै दशै मनाउदै आएको बताए । नेपाली झण्डा फहराउदै दशैको टिका एकतिर बालुवाका थुप्रैथुप्राहरु देखिने मरुभुमि र अर्कोतिर निलो समुन्द्रि छालको विचमा नेपाली झण्डा फहराउदै नेपालीले कतारमादशैको टिका थापेका छन ।
त्यहाँ नेपालीहरुले सामुहिक रुपमा टिका ग्रहण गरिरहदा नेपालकैझल्को मेटिन्थ्यो । आफ्नो बासस्थान देखी धेरै टाढा पुगेर प्रवासमै भएपनी नेपालीहरुले नेपालको झल्को मेटेका छन । दोहा ,सनैया, वक्रालगायतका स्थानबाट बडादशै मान्नका लागी नेपालीहरु वक्राको समुन्द्रि तटमा पुगेका थिए ।
विगत ६ बर्ष देखी कतारमा कार्यरत ईलामकी निर्मला लिम्बुलाई आफन्तहरुसँग दशै मनाईरहदा घर परिवारसँगै रहेको अनुभुती गरिन । बिदेमा बाध्यताले काम गरिरहेका छौ । त्यो पिडालाई आजको दिनले भुलाईदिएको छ । दशैको दिन छुट्टी थिएन , साथीहरुले खबर गरेपछी दशै मनाउन यहाँ आएको;उनी भन्छिन ।
विगत ११बर्ष देखी कतारमा कार्यरत मोरङ्गका दुर्गा कार्कीलाई दशैको दिनमा छुट्टी नमिल्दादुःखलागेको बताए । नेपालमा खुसीयाली मनाई रहेका थिए हामी भने यहाँ विहानै देखी काममा कुद्नु पर्यो उनी भन्छन । अलखोरको समुन्द्रि किनारमा दशै मनाईरहेका भोजपुरका सांगे शेर्पा भन्छन‘हामीले जहाँभने पनि हाम्रो आफ्नो सँस्कृतीलाई भुल्नु हुदैन ।
यहाँ आफ्नै बाध्यता छ । त्यो बाध्यतालाई भुलेर आजदशै मनाईरहेका छौ।’ विगत २२ बर्ष देखी कतारमा कार्यरत उनले विगतका बर्षहरुमा भन्दा अहिले नेपालीहरुले आफ्ना चाडपर्वलाई कतारमा पनी खुलेरै मनाउने गरेको बताए । उनीहरुले दशैको दिन कम्पनीमा कार्यरत नेपालीहरु मिलेर टिका थापेको बताए ।
उनी भन्छन ‘सन् २००५ देखी कतारमा नेपालीहरु अत्याधिक आएका छन। पहिले यसरी कुनै पनी चाडपर्व र कार्यक्रमगर्न सहज थिएन । नेपालीको चापसँगै अहिले सहजपनी बनेको छ ।’ताप्लेजुङ्गका कविनगुरुङ्ग ६ बर्ष देखी कतारमा कार्यरत छन । उनले दशैको दिन परिवारको सम्झनामा नै बिताए ।
चाडबाडको बेला बिदेशको तातो घाममा काममा खटिनु पर्दाको पिडा भने उनलाई सहि नसक्नु थियो । त्यस्तै खोटाङ्गकी जुनु राईले भने कतारमा आफ्नो परिवारसँगै दशै मनाईन । यहाँका नेपाली दाजु भाईहरुसँगै चाडबाड मनाउन पाउदाउनीखुसी नै छन ।
विगत ५ बर्ष देखी कतारमा पलम्बरको कामगर्दै आएका चन्द्रकुमार नेपाललाई भने दशैको दिन कम्पनीले छुट्टी दिएको थियो । उनीहरुले आफ्नै क्याम्पमा उमारेका जमरासँगै बडादशैको टिका थापे ।
कतारमा रहेका नेपालीहरुले पनी यसैगरी विभिन्न स्थानमा आफन्तहरुसँग भेटघाट गरेर दशै मनाएका छन भने केही नेपालीहरु दशैका लागी बिदामा नेपाल पुगेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend