साझा नेटवर्क
काठमाडौँ, असोज २८।
नेपाली हास्य जगतका दमन रुपाखेतीको एक छुट्टै नाम र पहिचान छ । उनै कुशल अभिनेता तथा चर्चित हास्य कलाकार दमन रुपाखेतीले नेपाली दर्शक श्रोताहरुको लागि नया स्वाद अनि बेग्लै प्रस्तुतिका साथमा नेपाली हास्य क्षेत्रमा नया आयाम थप्दै एक भिन्न खालको टेलिचलचित्र निर्माण गरेर अहिले सुरुका दिनहरुमा युट्युब मार्फत नेपालि दर्शक श्रोता माझमा लिएर आएका छन ।
चुस्त कथा बस्तु चयन गरेर बिसुद्द हास्य क्षेत्रमा रमाउन चाहने नेपालि दर्शकहरुलाई मनोरंजन दिने उदेश्यले सुरु गरिएको यस टेली चलचित्र भताभुङ्ग सुरुवात देखिनै युट्युबका दर्शकहरुको रोजाइमा पर्न सफल भएको छ । समसामाहिक कथा बस्तुलाई नेपाली समाजमा घटेका घट्ना तथा कथालाई पर्दामा चलचित्र मार्फत जस्ताको त्यस्तै चित्रण गरेर दर्शकहरुलाई मनोरंजन दिने उदेश्यले निर्माण गरिएको टेलिचलचित्र भताभुङ्ग बिस्तारै सबै नेपालीहरुको रोजाइमा पर्दै गएकोमा निर्देशक तथा कलाकार दमन रुपाखेती पनि खुसिनै देखिन्छन ।
भोलिका दिनहरुमा यस टेलिचलचित्र भताभुङ्गलाइ टेलिभिजन बाट प्रसारण गर्ने सोच लिएर निर्माण सुरु गरिएको हुनाले सल्लाहा सुझाब सहित सम्पूर्ण दर्शक श्रोताहरुलाई हेरिदिएर माया गरिदिनु हुन पनि दमन रुपाखेती आग्रह गर्दछन ।
कथा,पटकथा,सम्बाद र निर्देशन चर्चित हास्य कलाकार दमन रुपाखेतीको रहेको यस टेलिचलचित्रमा कलाकारहरुमा दमन रुपाखेती, राजु भुजु, बिमला गिरि, आरके मानन्धर,प्रदिप सिलवाल धरणीधर न्यौपाने, राजन चौलागाई, यादब थापा लगायतका अन्य कलाकार हरुको बेजोड अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend