साझा नेटवर्क
विमल खड्का, बागलुङ असोज २८।
दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । नेपाल सरकार गृह मन्त्रालयले निर्धारण गरेको दशैं विदाभएको एक हप्तापछि आजदेखि नेपाल भरका सरकारी कार्यालयहरु सञ्चालनमा आएका हुन ।
यसैबीच आजबाट बुर्तिबाङ बजारमा रहेका सरकारी कार्यालय तथा यहाँका वित्तिय संस्थाहरु सञ्चालनमा आएपछि यहाँको चहलपहल बढन थालेको छ । आज शुक्रबारको दिन भएकाले सेवाग्राहीहरु कार्यालयमा भिडभाडका देखिएको थिएन । छिटफुट उपस्थिति भने रहेको एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायब सुब्बा लोक बहादुर कुवँरले बताउनु भएको छ ।
यस्तै दशैंका बेला प्रहरी कार्यालयमा ल्याइने छलफल तथा अरु विषयका मुद्धाहरुलाई पनि आजैबाट नियमित सूचारु गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निर्क्षिक शिवराज क्षेत्रीले बताउनु भएको छ । क्षेत्रीका अनुसार आज दशैंका वेला घर परिवार तथा आफन्त र स्टमित्रका बीचमा खान पानकै कारण भएका घरायसी झै-झगडाका मुद्धाहरु कार्यालयमा आएको र त्यस विषयमा छलफल गरिएको बताउनु भएको छ ।
बुर्तिबाङ स्थित सबै सरकारी कार्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । यस्तै यहाँ स्थित बैंक तथा वित्तिय कार्यालयहरु समेत आजैबाट सञ्चालनमा आएका छन् । यहाँको नेपाल बैंक लिमिटेड, प्रभु बैंक, लक्ष्मी बैंक, गरिमा विकास बैंक, शाईन रेसुङ्गा विकास बैंक सहित स्थानीय स्तरमा सञ्चालित रेमिट्यान्सको कारोवार गर्ने वित्तिय संस्था तथा सहकारीहरु सञ्चालनमा आएका हुन् ।
दशैंसँगै गाउँ गाउँमा आफ्ना आफन्त भेटन गएका बजार क्षेत्रका उद्यमी व्यवसायी तथा सरकारी कार्यालयका कर्मचारीहरु तथा विद्यालयहरु बन्द भएपछि सुनसान बन्दै गएको बजार क्षेत्रमा पनि चहलपहल बढदै गएको छ । दिनहुँ जसो बन्द भएका पसल तथा उद्योग कलकारखानाहरु सञ्चालनमा आइरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend