logo
  • शुक्रबार, असोज ९ २०८३

संकटमा पर्दै सरायँ नाच : युवालाई उत्प्रेरणा चाहियो समितिलाई पैसा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असोज २७।
तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा भैरहेका छन् । प्राय सरायँ नाच दशैको टिकाको दिन देखि पुर्णिमा दिन सम्म देखाउने गरिन्छ । परापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दसैंका बेलामा घर फिर्ने र साथीसंगी संग भेट्ने गत्तिलो अवसर प्रदान गरेको छ ।

img_1102यो नाच केहि ठाउँमा पुरानो पुस्ताले अनुसरण नगर्दा हराउन थालेको छ । भने केहि स्थानहरुमा युवाहरुको राम्रै उपस्थिती र सहभागीता देखिन्छ । परम्परागत रुपमा एकदमै राम्रो सराँच नाच देखाउने स्थानका रुपमा स्थापित इस्मा मैदानमा भने यो नाच लोप हुँदै जान थालेको छ ।

img_1112मन्दिरमा चढाएको तरवार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सरायँ नाच्ने गरिन्छ। सरायँ नाच दसैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो। यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ । यो नाच एकादशी देखि पूर्णिमासम्म नाचिन्छ ।

img_1138पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ । यसलाई कतिपय युद्धकला र खेल पनि हो भनेर बिश्लेषण गर्छन । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी,तरबार र खुँडा नचाई एकापसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको स्थानीय पण्डित भिमकान्त अर्यालले बताउनुभयो। इस्माकोट मनकामना पुजा व्यावस्थापन समितिले प्रत्येक बर्ष सरायँ नाच निकाल्ने गरेको छ ।

img_1115इस्मा मैदानमा सरायँ हेर्न आउनेहरुको बाक्लै उपस्थिती हुने भएपनि खेल्नेहरुको अभाव बर्षैपिच्छे हुँदै गइरहेको छ । पछिल्लो समय युवा पुस्ताहरुमा मनोरञ्जनका साधन इन्टरनेट र विकसित प्रविधी भएकाले यस्ता संस्कृति संरक्षणमा कम चासो हुने गरेको सरायँ नाच हेर्न आएका बिद्यार्थी नेता शोभाखर गिरीले बताए ।

img_1123पहिले भेटघाट र मनोरञ्जन लिने उपयुक्त थलो यस्ता चाडपर्व र संस्तृति थिए,गिरीले भन्नुभयो अहिले उनीहरु इमेल इन्टरनेटबाटै घरमा मज्जा लिइरहेका हुन्छन् । तम्घासबाट मेला भर्न आएका पत्रकार प्रेम सुनारले युवाहरुमा उत्प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो ।

img_1148युवाहरुलाई पनि यी ऐतिहासिक संस्कृति र परम्पराबारे जानकारी छैन् ,सुनारले भन्नुभयो यो सम्बन्धि जानकारहरुले बुझाउन वा हस्तान्तरण गर्न सकेका छैनन । दोहलीका स्थानीय युवा मोती प्रसाद अर्यालले युवा संघसंस्थाहरु संग समितिहरुले समन्वय नगर्दा मेला व्यवस्थित हुन नसकेको गुनासो गर्नुभयो ।

इस्मा रजस्थलका ७१ बर्षिय नुरदेव पैयानीले आफुहरुले बाउ बाजेको परम्परा धानेपनि पछिल्लो पुस्ताले अनुसरण नगर्दिदा आफुपछि यो यस्ता नाच र संस्कृति हराउने भन्दै चिन्दा व्यक्त गर्नुभयो । दशैको बेला गाइने मालश्रीका कलाकार समेत रहनुभएका पैयानीले आफु पछि यो गीत हराउने बतउानुभयो ।

मैदानमा नाच्न आग्रह गर्दा भाउ खोज्ने तर नाच्नै नजान्ने युवाहरु पनि अर्जेमा नाचेको देख्दा दुख लाग्ने पैयानीको भनाई छ ।आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले समिति परम्परा धान्नकै लागी भन्दा पनि समय अनुसार परिमार्जित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले सम्म उठाउँदै आएको दशै शुल्क पनि ५ रुपैयाँ रहेकाले समय अनुकुल नभएको बताउनुभयो । ९ दिन सम्म कोटमा बस्ने पण्डितको पारिश्रमीक पनि एक सय छ, घिमिरेले भन्नुभयो दश बर्ष अगाडीको निर्णय अहिले उपयुक्त हुँदैन ।

इस्माकोट मनकामना पुजा व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण बिष्टले आर्थिक अवस्था मजबुत नहुँदा सम्म खोक्रो आर्दशले मात्र संस्कृति संरक्षण र व्यवस्थित नहुने प्रतिक्रिया दिनुभयो ।

उहाँले युवामा उत्प्रेरणा दिनु जरुरी छ भन्ने सोच्न थालेको धेरै बर्ष भएपनि अहिले सम्म कार्यान्यन गर्न नसकिएको स्विकार गर्नुभयो । मानिसमा स्वमसेवाको भावना ह्रास हुँदै जानु तथा समिति संग मजबुत आर्थिक स्रोत नहुनुनै यसको प्रमुख कारण भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend