साझा नेटवर्क
कृष्ण हमाल, बहराइन।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइनको अध्यक्षमा गायक असिम महत निर्वाचित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइनको प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम यही ७ अक्टोबर २०१६ का दिन नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज बहराइनको का.बा.अध्यक्ष पवित्रा राईको सभापतित्व, तथा नेपाली राज दूतावास बहराइनको का.बा.राजदूत महामहिम खगराज पान्डे को प्रमुख अतिथित्व बहराइनका विभिन्न सामाजिक संघसंस्था का प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकारहरु, कलाकारहरू लगायतका विशिस्ट महानुभावहरूको उल्लेखनीय उपस्थिति कार्यक्रममा रहेको थियो भने कार्यक्रमको संचालन असिम महतले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिले दीप प्रज्वलन बालेर समुदघाटन गर्नु गरिएको थियो । स्वागत मन्तव्य लोक तथा दोहोरी गायिका सरिता दरलामिले गर्नुभएको थियो भने शुभकामना मन्तव्य गम बहादुर गुरुङ, दिपक गुरुङ लगायतले व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथिले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सोहि कार्यक्रममा गायिका सरिता दर्लामी मगर को एकल एल्बम “भए प्रदेशि” को बिमोचन प्रमुख अतिथिको हातबाट गरिएको थियो । सो एल्बम सरिता दर्लामीको आफ्नै शब्द र स्वर तथा निर रानाको लय रहेको छ । उक्त एल्बम को गित गायिका सरिता दर्लामीले गाउँदा हल नै गुनजायमान भएको थियो ।
यसै कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज बहराइनलाई सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । अन्त्यमा कार्यक्रमको सभापति पवित्रा राईले सबै उपस्थित म्हानुभावहरुलाई धन्यवाद दिँदै सम्मान कार्यक्रम समापन गदैं पुरानो कार्यसमिति भँग भएको घोषणा गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।
यस लगत्तै बन्द सत्र सुरु भएको थियो । बन्दसत्रले आवश्यक छलफल गरि नियमानुसारको कार्य समिति निर्विरोध रुपमा चयन भएको थियो ।
निवार्चित कार्यसमितिमा अध्यक्षमा अशिम महत ग्लोबल प्रतिनिधि पवित्रा राई ,उपाध्यक्ष इन्द्र डांगी, पूर्ण लामा, सरिता दर्लामी, महासचिव विश्व बिनोद ,सचिव जानुका पौडेल, कोषाध्यक्ष तेजेन्द्र थापा, सह-कोषाध्यक्ष सविना धिमाल, प्रवक्ता बिबेक ओली हुनु हुन्छ ।
सदस्यहरूमा सन्तोष श्रेष्ठ ,बिश्वास थापा, उमा पौड्याल डांगी, नीर राना मगर, दया भट्टराई ,कृष्ण खाम्चा मगर ,अनमोल राक्क्षे मगर, खिम सेजवाल, कमल परियार, नानुमाया परियार, नितु बस्नेत ,बिन्दु बुढाथोकी, पबित्रा श्रेष्ठ ,चन्द्र सेलिङ् लिम्बु, राज कुमार, नृत्य बिभाग संयोजक पूर्ण लामा ,अनु राना,गुणराज मगर , नरदेवी पुन, निशा दोङ्,कोपिला राई, शान्ता राई, सन्जुता तमाङ, दानु सोनम, अजीत घाम्बोले, गीत संगीत बिभाग तर्फ संयोजक नीर राना मगर सदस्यहरू सपना भण्डारी ,दिप खुशी लामा,दिपेन्द्र रेग्मी,धना आले साहित्य बिभाग तर्फ संयोजक बिबेक ओली, विशाल थापा , दिपक रेग्मी हास्य व्याङ्ग्य बिभाग तर्फ संयोजक इन्द्र डांगी सदस्यहरू श्याम खराल , मिलन तमाङ रहेका छन् ।
तेस्तै संरक्षक एवम् प्रमुख सल्लाहकारमा दिपक गुरूङ सल्लाहकारहरूमा शेर बहादुर रावत, नारायण रपाल बिश्वकर्मा, तिलक सापकोटा, लक्ष्मी गिरी, युवराज के.सी. हिमलाल पाण्डे यो पदाधिकारी चयन भए लगत्तै अन्तरराष्ट्रिय नेपाली कलाकार समाज बहराइनको प्रथम साधारण सभा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend