साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज २७ ।
गुल्मीको पुर्तिघाटमा ९ दिने धार्मिक पर्यटन महोत्सव हुने भएको छ । पुर्तिघाट क्षेत्रमा पहिलो पटक पर्यटन व्यवसायको संरक्षण र विकास एवं पचारपसार गर्नको लागि धार्मिक पर्यटन महोत्सव गरिने भएकोे हो ।
पुर्तिघाट क्षेत्र वरपरका रहेका धार्मिक,सास्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार गरि पर्यटन प्रर्वद्धन गर्ने तथा कालिगण्डकीको व्यापक प्रचार–प्रसार गदै समग्र कालिगण्डकीलाई पर्यटन व्यवसायका रुपमा स्थापित गर्ने उदेश्यले आउँदो कार्तिक १ गते देखि ९ सम्म सञ्चालन हुने छ ।
महोत्सवको माध्यउम द्धारा धार्मिक जागरण गराउनुका साथै अतिथिहरुको लागि सुविधा सम्पन्न अतिथि आश्रम निर्माण गर्ने उद्देश्य सहित महोत्सव आयोजना गर्न लागिएको प्रचार–प्रसार संयोजक अग्निधर पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार महोत्सवलाई सफल बनाउन प्रचारप्रसार गरिएको बताउनु भयो ।
महोत्सव सम्पन्न गर्न हालसम्म आयोजक सदस्य शुल्क मार्फत १ सय जनाबाट प्रतिव्यक्ति ११ हजार,१ सय,११ रुपैयाका दरले रु.११ लाख ११ हजार,१सय रुपैया संकलन भएको समेत संयोजक पराजुलीले जानकारी दिनुभयो ।
महोत्सवबाट संकलित रकमले पुर्तिघाटमा १२ करोड, ८६ लाखको लागतमा अत्याधुनिक सुविधा सम्पन्न अतिथि आश्रम भवनको निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend