logo
  • शनिबार, भाद्र २० २०८३

दलित एकता सन्जाल कतारको वार्षिक परिषद कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

क्षितिज किरण गैरे, कतार।
“दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपाली सहभागिता” भन्ने मुल उदेश्यका साथ दलित एकता सन्जाल कतारको “वार्षिक परिषद २०१६ तथा वडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम बिविध सास्कृतिक प्रस्तुतिका साथ सम्पन्न भएको छ ।
14585665_641187802709754_1376247281_oकार्यक्रममा जन सम्पर्क समिति कतारका महामन्त्रि मोहम्मद अजिज अलि,अन्तराट्रिय नेपाली समाज कतारका अध्यक्ष बि.बि. रोषन खराल,नेपाली एकता समाज कतारका अध्यक्ष लुमाकान्त पुन ,जनजाती महासंघ कतारका अध्यक्ष सियाराम चौधरी, अन्तराष्ट्रिय कलाकार मन्च कतारका उपाध्यक्ष शक्ति क्षेत्री, राजधानी साप्ताहिकका पत्रकार दिलकुमार श्रेष्ठ, जातिय उन्मुलन साझा मन्च कतारका पदम बिश्वकर्मा, परियार मित्रता समाजका केन्द्रिय अध्यक्ष सुमन नेपाली, अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतारका संयोजक कृष्ण परियार, बिश्वकर्मा सेवा समाज कतारका चोलाकान्त बिक, उत्पिडित समानता समाज कतारका खोटाङका अध्यक्ष कुमार बिश्वकर्मा, बडाचौर संरक्षण समिति रोल्पा कतारका अध्यक्ष बलराम जैसी,रोल्पा जलजला सेवा समाज कतारका सल्लाहार सुर्य बिक, रुपन्देही सेवा समाज कतारका सल्लाहाकार हुमाकान्त पोख्रेल, बुद्धभुमी कपिलबस्तु सेवा समाज कतारका सल्लाहाकार नयन सिंह नेपाली, नेपाल मगर संघ कतारका महेन्द्र थापामगर, मिलिजुली एकता परिवार कतारका महासचिब अर्जुन घिमिरे सुसार, राक प्रवासी सेवा समाजका नवराज पुन मगर, दलित बुद्धिजिबी तथा समाज सेवी रमेसशिंह खाति,गणेस हिङमाङ,देब परियार, प्रेम कुमार बि क लगायत कतारमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

उत्त कार्यक्रमकको सन्चालन सन्जाल कतारका महासचिब क्षितिज किरण गैरे ज्युले गर्नु भएको थियो । उक्त कार्यकम्रको शुरुवातमा कार्यक्रममा निमन्त्रण गरिएका अतिथिहरुलाई स्वागत अतिथि आसन ग्रहण लगत्तै सयौ थुंगा फुलका हामी एउटैमाला नेपाली भन्ने बोलको राष्ट्रिय गित गाय लगत्तै बिर सहिद हरु प्रति सम्झना समपर्ण मौन धारण,दिप प्रजवलन तथा ब्यानर अनावरण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो ।

कार्यक्रममा बोल्दै सन्जाल कतारका सल्हाकार कृष्ण बिश्वकर्माले एकता सन्जाल कतारका को निमन्त्रणलाई स्विकार गरी आउनुहुने सबैमा स्वागत गदै धन्यबाद ब्यक्त गर्नु भएको थियो ,कार्यक्रममा कतारमा रहेका कलाकारहरुको प्रस्तुतिले कार्यक्रम निकै सगिंतमय भएको थियो ।

कार्यक्रममा नेपाली महिला समाज कतारकी उपाध्यक्ष अमिना खानले कतारको हकमा पहिलो पटक महिलालाई प्रमुख अतिथि बनाएकोमा दलित एकता सन्जालले एक उदाहरणीय कार्यको थालनी गरेको चर्चा गर्दै दलित भित्र पनि बर्ग रहेकोले बर्ग संघर्ष पनि दलित आन्दोलनको निम्ति हुनु पर्छ भन्दै निरन्तर अगाडी बढ्नको लागी शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी दलित एकता सन्जाल कतारकी पुर्व अध्यक्ष ईन्दुलावर ज्यु ले नेपाली समाजको परिर्वनमा दलितहरुले हरेक परिवर्तनका आन्दोलनमा मुख्य भुमिका निभाएको चर्चा गर्दै त्यहि दलित समुदायलाई राज्यले सौतेनि ब्यवहार गरेकोमा ठुलो आपक्ति रहेको बताउदै लोकतान्त्रिक आन्दोलनमा दलित समुदायले गरेको योगदानको स्मरण गर्दै सबै दलित समुदाय फुटेर होईन मुक्तिको परिवर्तनको लागी एकजुट हुनुको बिकल्प छैन त्यसैले सबै दलित एक भएर अगाडी बढ्नु पर्ने बताउनु भएको थियो । दलित एकता सन्जाल कतारका बिभिन्न अभियानहरुमा योगदान पुर्याएका अभियन्ताहरुलाई उच्च मुल्याङकन गर्दै सम्मान पत्र द्रारा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तिममा दलित एकता सन्जाल कतारका अध्यक्ष एवम सो कार्यक्रमका सभापति श्याम नेपालीले सम्पुर्ण दलित समुदायका साथीहरुले सर्वप्रथम सैद्धान्तिक र बैचारिक रुपमा सचेत संगठनिक भएको अवस्थामा दलित संगठनको हित हुने कुराको चर्चा गर्दै अबको कार्यनिचि भित्र अनिवार्य निशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त गर्नु राज्यको दायित्व हो भन्दै निति र नेपालमा नेपाली युवाहरुले रोजगारीको अवसर पाउनु पर्छ ।

सबिंधानलाई कार्यन्यन गर्ने हिलो दायित्व राज्यको हो भन्ने कुरा भित्र अबको दलित आन्दोलनको कार्यनिति हुनेमा सबैलाई बिश्वास दिलाउने भयो अहिले सम्म दलितको नाममा हालिमुहाली गरेका दलित नेताहरु आज हाम्रो कार्यबाट अविचलित भएर सलबलाउदै छन सचेन हुनुहोला भन्ने बिचार राख्नु भएको थियो ।

आफ्नो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु भएका कलाकार ,बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा हृदय देखी धन्यबाद आवार प्रकट गर्दै दिदै कार्यक्रम समापन गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend