logo
  • शनिबार, भाद्र २० २०८३

दशै सदभावको एक पर्व


  • अनिश शर्मा गैरे
  • शनिबार, भाद्र २० २०८३

anis-अनिश शर्मा गैरे, गुल्मी ।
दशै, शब्द सुन्ने बित्तिकै तिनै आनन्दका क्षणहरुको सम्झना आउँछ । त्यो बारीको छेउमा रहेको खनियोको रुखमा लुठे पिङ् राखेको अनि मच्चिएर खेलेको, घरबाट घोर्ले खसी डोहार्याएर कोटघरमा पुगेको, चँगा उडाएको, साथी सँगी सँग रमाएको, माता पिता तथा अग्रजहरुबाट टिका आर्शिवाद ग्रहण गरेको ।

अनि यो पनि सम्झना आउँछ, त्यही पिङ् बनाउनको लागि अरुको खरबारीबाट खर चोरेको । यिनै आभास हरु दोहारिन्छन आफ्नो समिप, अनि बल्ल दशै आए जस्तो लाग्छ । रेडियोहरुमा गुञ्जिने मानश्री धुन सँगै बिभिन्न दशैका गीतहरु, गाँउ घरमा हुने चहल पहल, मासिनहरुको आगमन यसैले ल्याउँछ दशैको आभाष ।शायद, यो समयमा को खुशी नहोला ? अनि कस्को मनमा नआएको होला मेरो मनमा आएका जस्तै यिनै भावनाहरु ।

खासमा मनोरञ्जन, सामाजिक सद्भाब बोकेको पर्व हो दशै । असत्य माथी सत्यको बिजय भएको उत्सबको रुपमा मनाइने पर्व हो दशै । खासमा त्यो दुखको झुपडीमा नै दशै साच्ची एक दशै हुन्छ । पिङ् खेल्न पाइने, मिठो खान पाइने, नया लुगा लगाउन पाइने लगायतका आशा तथा अभिलाषाहरुले पनि दशैलाई दशै बनाउनछन गरिबको त्यो झुपडीको लागि । अनि ऋण खोजेरै भए पनि दशै मनाउन होमिएका तिनै गरिब झुपडीका आमा बाबुहरु आफ्ना छोरा छोरीको खुशी देखेर आनन्दित हुन्छन ।

उता, साथीभाइहरु जम्मा हुन्छन, लामो समयदेखी आफ्नो ठाँउ भन्दा बाहिर वा परदेशमा भएकाहरु एकै ठाँउमा हुन्छन, अनि एक आपसको माया बाडछन, आनन्ददायी बाताबरण हुन्छ । यही पर्व हो यो, जहाँ कोही कमाउँछन, रमाउछन, कोही दुखमा अट्टहाँस हास्छन, अनि कोही अरुको खुशी हेरेर नै आफुलाई समायोजित गर्छन । धन हुनेहरुले मोज मज्जाले दशै मनाउँछन, गरिब अनि आर्थिक अवस्था जर्जर भएकाहरुकामा भने अरुको हेर्नु बाहेक आफुमा केही बर्गत भएको पाँउदैनन, अनि कोही ऋणमा चुर्लुम्म डुब्छन, तिनै चिजहरुका साथ दशै मनाउन खोज्दा ।

देशमा बढेको महँगी, महँगीले बढाएको गरिबि, बेरोजगारी, भ्रष्ट्रचार लगायतले दशैलाई दशा जस्तो बनाउन थालेको छ । मानिसहरु आफ्नो आर्थिक कुराले गाँजिएका छन । तिनै मनिसलाई दशै दशा बनेको छ । महिनौ दुख गरी कमाएको पैसा लिएर घर फर्कदा बोर्डरमै लुटिन्छन नेपालीहरु अनि दशै दशा बन्छ । हामी जे जस्तो अवस्थामा भएपनि सदभावका साथ मनाउनु पर्छ ।

भडकिलो तवरबाट यसलाई दशा बनाउनु हुँदैन । आपसी समझदारी, सदभाब, मायामा दशै मनाउनु पर्छ । दशै जुवा, तास, रक्सी, मोज मज्जा जस्तोमा हुनुहुँदैन । आफ्नो क्षमता अनुसार हुनुपर्छ दशै । जे जस्तोछ आफुमा, त्यसैमा सन्तुष्ट हुनुपर्छ । अरुले काटेको खसी अनि च्याङ्ग्रा देखेर आफुमा पनि त्यही आशा हुनु हुँदैन । आफुले जे सकिन्छ त्यसैमा चित्त बुझाउन ठुलो कुरा हो । आखिरिमा सन्तुष्टि नै सबैभन्दा महान चिज हो ।

यही खुशीको श्रोतमा आफुलाइ समायोजन गरौ । यो दशै सुख आनन्द अनि सद्भावनाको दशै होस । देशमा भएको राजनीतिक अस्थिरताको उपचार होस, भर्खर जन्मेको शिशु सबिंधान लागु होस, कुण्ठित भएका जनताका आशाहरु पलाउने नया मुल फुटोस, समग्रमा उत्कृष्ट अनि उपलब्धि मुलक बनोस यो दशै, यही छ सारा नेपालीहरुमा दशैको शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend