साझा नेटवर्क
सुर्य चन्द , काठमाडौं असोज २२ ।
बिदेशिन बाध्य परदेशीहरुको कथा ब्याथालाइ चलचित्र मार्फत दुरुस्त पर्दामा उतार्न सफल नेपाली चलचित्र परदेशीको उमंगको पश्चिम घुम्तीमा नामक गित आज सार्बजानिक भएको छ ।
यहि आउदो कार्तिक १२ गतेबाट नेपाल भर प्रदर्शनको तयारिमा रहेको उक्त चलचित्रको ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ ।
धेरै चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।

बहु प्रतिक्षित चलचित्र उमंगमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी,राम थापा,उमेश कुमार के .सी,लगायतको अभिनय रहेको छ ।
बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि.बि . अनुरागी ,द्वन्द कुमार महर्जन ,सम्पादन अर्जुन जि.शि.तथा VFX अक्कि शर्मा को रहेको छ ।
रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तुलाइ चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन ।
चलचित्र नामनै उमंग रहेको हुदा नेपाली हरुको महान चाड तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ ।चलचित्र उमंगको पश्चिम घुम्तीमा गित सार्बजनिक
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend