साझा नेटवर्क
बागलुङ असोज २१।
वाढी पीडित सरोकार समिति बागलुङको सक्रियतामा बागलुङ पश्चिमका बाढी पीडितलाई राहत रकम वितरण गरिएको छ । हिजोदेखि सुरु गरिएको उक्त राहत रकम वितरण अभियानमा बोंगा दोभानमा १९ घर,अधिकारी चौरको छालहाल्ना र दोगाडीमा ८५ घर,निसीमा ५ घर, बोहरा गाउँमा ६ घर तथा देविस्थामा १३ घर परिवारलाई राहत रकम वितरण गरिएको छ।
त्यसैगरि आजै बुर्तिबाङमा ६ घर, भीमगिठेमा ५ घर, राजकुतमा १९ घर, दर्लिङमा ११ घर र ग्वालीचौरमा १ घर बाढीपीडित परिवारलाई राहत रकम वितरण गरिएको बताईएको छ ।
बाढी पीडित सरोकार समितिको सक्रिएतामा समितिका सदस्यहरुबाट संकलित रकमका साथै प्रभुबैंकबाट १ लाख ३० हजार रुपैयाँ,ग्लोबल बैंकबाट ५०हजार रुपैयाँ, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ५७ हजार रुपैयाँ,अधिकारीचौर घर भई हाल अमेरिका निवासी खिम बहादुर अदैबाट १५ हजार रुपैयाँ,अधिकारी चौरकै किम बहादुर भण्डारीबाट १० हजार रुपैयाँ, भेक बहादुर अदैबाट ८ हजार रुपैयाँ,बुर्तिबाङ घरभई हाल काठमाण्डौ निवासी हिक्मत शेरचनबाट ५ हजार रुपैयाँ ,काठमाण्डौ असन चोकमा माइकिङ गरि संकलित २५ हजार रुपैयाँ गरि कुल ३लाख ४१ हजार रुपैयाँ रकम संकलन गरि बाढीपीडित परिवारलाई प्रति घरपरिवार २ हजारका दरले राहत रकम वितरण गरिएको बाढी पीडित सरोकार समिति बागलुङका संयोजक एवं नेपाली काँग्रेश महाधिवेसन प्रतिनिधि जीत शेरचनले जानाकारी दिनुभएको छ ।
राहत संकलनका लागि समितिका अन्य सदस्यहरु तिलक श्रीपाली,जीवन भट्टचन लगायतको समेत सक्रिएता रहेको बताइएको छ।उक्त राहत वितरण कार्यक्रम आजै सकिएको जनाइएको छ। गत साउन १० र ११ गते आएको बाढीका कारण बागलुङ पश्चिम क्षेत्रमा ठूलो धनजनको क्षती पुराएको थियो ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend