साझा नेटवर्क
कमल पौडेल ,बागलुङ(खर्वाङ)असोज २१।
मध्य पहाडि लोकमार्गको बागलुङ हटिया खर्वाङ खण्डको रिघामा विहिवार पहिरो खस्दा अवरुद्ध वनेको सडक शुक्रवार विहानै देखि स्काभेटरको प्रयोग गरि खुलेको छ। खर्वाङ प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक गोविन्द शर्माका अनुसार सडक पूर्ण रुपमा संचालनमा आएको छ।
विहान पौने १० वजे देखि सडक सुचारु भएको प्रहरीले जनाएको छ। सडक खुले संगै विहिवार देखि अलपत्र परेका काठमाडौं तथा बागलु«ङ वाट छुटेका यात्रुवाहक ठूला तथा साना सवारी तथा मालवाहक गाडिहरु गन्तव्य तर्फ लागेका छन्।
मध्यपहाडि लोक मार्ग अन्तरगतको बागलुङ बुर्तिवाङ खण्डमा सडक विस्तारको काम भैरहेको ले पहिरोका कारण समय समयमा सडक अवरुद्ध हुँदै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend