साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज २१।
गुल्मीको कुर्घा वार्ड नं. ७ गुर्जाङमा रहेको खड्क देवी प्रा.वि.मा विद्यार्थीहरुको लागी दिवा खाजा, कापि, कलम, झोला र ड्रेसको लागी अक्षय कोष स्थापनाको लागी सहयोग गर्ने सहयोग दातालाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक कुलराज शर्मा सो अक्षयकोष अभियानमा १२ लाख पुगेको र अभियान जारी रहेको जानकारी दिँदै सहयोग गर्ने सवैलाई विद्यालयको तर्फवाट आभार तथा धन्यवाद समेत व्यक्त गर्नुभएको छ।
३० लाख वरावरको अक्षय कोष स्थापना गरि विद्यार्थीलाई सवै व्यावस्था गर्ने योजनाअनुरुप रकम संकलन अभियान जारी रहेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभएको छ। शर्माका अनुसार विद्यालयले सहयोग दाता र रकमलाई सञ्चारमाध्यमवाट प्रशारण गरिने समेत जानकारी दिनुभएको छ।
विद्यालयले अक्षय कोष व्यावस्थापनको लागी राम वहादुर पच्या मगरको अध्यक्षतामा अक्षयकोष स्थापना समिति गठन गरेरै अभियान संचालन गर्दै आएको छ। दलीत र जनजाती समुदायको वाहुल्यता रहेको सो गाउँका विद्यार्थी खाना नखाई विद्यालय आउने तथा खाजाको व्यावस्था नहुँदा सिकाई उपलब्धिमा समेत गिरावत आएकोले सो अभियान संचालन गरिएको प्र.अ. शर्माले वताउनु भएको छ।
शर्माका अनुसार सो अभियान वाट ३० लाख संकलन गरि अक्षय कोषको रुपमा राखी त्यसको व्याजवाट प्राप्त आम्दानीले विद्यार्थीकोलागी दिवा खाजा, पोसाक, तथा स्टेसनरी सामाग्रिको व्यावस्था गर्ने वताउनु भएको छ।
सो समुदायवाट कुनै पनि विद्यार्थी निजि विद्यालयमा पढ्दैनन् नत अन्य विद्यालयमा जान्छन्। कक्षा ३ सम्म सञ्चालित सो विद्यालयमा हाल ४१ जना विद्यार्थीले पढ्दै आएका छन्। त्यहाँवाट उत्र्तिण विद्यार्थीहरु वार्ड नं. ९ मा रहेको भगवति प्रा.वि.मा जाने गरेका छन्।
सो खड्कदेवि प्रा.वि.मा एक जना स्थायी, एक जना राहत र एक जना निजिश्रोतको शिक्षक गरि ३ जना शिक्षक कार्यरत छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend