साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज २१।
विजया दशमीको अवसरमा चारतारे युवा क्लव सिवाईसि नेपाल इलाका शाखा खर्वाङको आयोजनामा शुभकामना आदनप्रदान तथा २५ औं जन्मोत्सव कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ। सामाजिक एकता आजको आवस्यकता, लघुकर्जा विपन्नलाई उर्जा, श्रम गरौं उद्यमी वनौं भन्ने नारासहित भएको कार्यक्रममा सिवाईसिका विभिन्न शाखा सञ्जालका सदस्यहरु तथा दगातुन्डाडामा क्रियाशिल राजनैतिक दल, सामाजिक संघ संस्था लगाएतलको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली काग्रेस दगातुन्डाडाका सुवेदार रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विना थापा, राष्ट्रिय जनमोर्चाका दोर्ण वन, त्रिभुवन उमाविका शिक्षक प्रेम खरेल, सामाजिक अगुवा सुनिल शेरचन, खर्वाङ वजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेल, भूपु सैनिक कल्याणकारी संघ का क्याप्टेन गन वहादुर श्रीस, सामाजिक अगुवा महेश श्रेष्ठ, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल, महिला जागरण केन्द्रका उपाध्यक्ष हिमा खरेल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्थाका गिता पोखरेल, लघुवित्त प्रवक्ता लक्ष्मी पाठक, सिवाईसिका विशिष्ट सदस्य गंगा काउचा, शाखा सञ्जालका सल्लाहकार गिरिजा कुमारी श्रीस, सिवाईशि वामी शाखाका प्रवन्धक कृष्णा ढकाल, खर्वाङ शाखाका केन्द्र व्यावस्थापक दयाराम थापा, वामी शाखाका जुनियर केन्द्र व्यावस्थापक हेम प्रसाद गुरुङ, खर्वाङ शाखाका जुनियर केन्द्र व्यावस्थापक सुवास नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम इलाका प्रवन्धक शान्ति शर्माको अध्यक्षता, संजाल प्रवक्ता धन वहादुर वुढाको स्वागत मन्तव्य तथा केन्द्र व्यावस्थापक वेलु गिरिको संचालनमा सम्पन्न भएको थियो। चारतारे युवा कल्वले ३२ जिल्लामा विभिन्न शाखा संजाल मार्फत लघुवित्त कार्यक्रम तथा सामाजिक क्रियाकलाप संचालन गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend