logo
  • शनिबार, भाद्र २० २०८३

खस क्षेत्रीहरुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, असोज २१।
मधुर मालश्री धुन गुन्जाय मान हलमा आमन्त्रित अतिथिहरु र दर्शकहरुकोे बिच खस क्षेत्री सेवा समाजकतारले शुभकामना आदान प्रदानकार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कलाकारहरुको साथमा विभिन्न सांगीतिक प्रस्तुतीसंगै सम्पन्न कार्यक्रम नज्मा स्थित अलन्याक रेष्टुरेन्ट भएको थियो ।%e0%a4%96%e0%a4%b8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8

बिजया दशमी तथा शुभदिपावलीको आगमन संगै क्षेत्री दिवसको अवसर परेर गरिएको कार्यक्रममा गुन्जाय मान कर्ण्प्रिय संगीतहरुले आउदै गरेको दसैँको झझल्को प्रष्ट झल्कन्थ्यो ।प्राय कार्य क्रम भन्दा अलि फरक देखिएको कार्यक्रममा सम्पूर्ण कलाकारहरु स्थानीय रहेकाथिए।

कतारमा पछिल्लो पटक हुने गरेको कार्यक्रम एक दुई जनाकलाकार नेपालबाट आउने गरेको भएपनि यस कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्राथमिक दिईएको थियो । आफ्नो कला र सस्कृतिलाई संरक्षणका साथै सामाजिक सेवालाई मूल उदेश्य बनाएर आफ्नो पहिला अगाडी बढाईने रहेको समाजले बेला बेलामा विभिन्न खाले कार्यक्रमगर्दै आएको छ ।

आवश्यक परेको बखत कतारका सामाजिक सस्थाहरुसंग हातेमालो गर्दै हिडीरहेको छ ।भोलिका दिनपनि यसरी नै आफ्नो कदमलाई मजबुत बनाउदै लैजाने बताएका सस्थाका अध्यक्ष बस्नेतले “यो नेपालीशिर उचाली”बोलको जागृति गान गाए।

कार्यक्रममाविभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले समेत आफ्नो मन्तब्यराख्दै बिजया दशमी तथा शुभदिपावलीको शुभकामना साटासाट गरेकाथिए। गत शुक्रबार सम्पन्न कार्यक्रमको अध्यक्षता सस्थाकाअध्यक्ष रेशम बस्नेतले गरेका थिए।

एन आरएन आइसीसी सल्लाहकार टीबी कार्की प्रमुख अतिथि रहेको सो कार्यक्रममा कतारमा स्थापित बैचारिकहरु , जिल्लाका सामाजिक सस्थाहरु , जातीय सस्थाहरु लगाएत समाजसेवी, बुद्दिजीवी, पत्रकार बृहत रुपमादर्शकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend