logo
  • शुक्रबार, असोज ९ २०८३

निर्माणधिन सुपा देउराली मन्दिरको लागी रकम अभाव


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी असोज २०।
दोहली ५ र ३ को संगम स्थल महतकाछेडामा सुपा देउराली मन्दिर निर्माण कार्य तिव्र पारिएको छ । २०५४  सालमा ५५ हजारको लागतमा स्थापना भएको सुपा देउराली मन्दिर जिर्ण भएपछि पुन सोहि स्थानमा नयाँ मन्दिर निर्माण गर्न थालिएको छ ।

14593723_1187518697980162_1053402606_n
बिशेषगरी बर्खे दशै र चैते दशैमा गाविसका वडा नं २, ३, र ५ का स्थानीयहरुले मेला भर्ने गर्दछन् । स्थानीय स्तरमा सहयोग संकलन गरि करिव ६ लाखको लागतमा मन्दिर निर्माण कार्य थालिएको निर्माण समितिका अध्यक्ष मान बहादुर बस्नेतले जानकारी दिनुभयो ।

14620125_1187517877980244_1009941909_n
अहिले सम्म २ लाख ६९ बराबरको काम सकिएको उहाँले बताए  । स्वदेश तथा विदेशमा रहेका स्थानीयबासी संग आर्थिक संकलन पनि जारी रहेकाले सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गर्नुभयोे ।

14569183_1187518851313480_1408795004_n
मन्दिर निर्माण कार्य तिव्र रुपमा अगाडी बढेपनि आर्थिक अभावमा रहेको निर्माण समिति सचिव प्रताप सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार आउने चैते दशै सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend