logo
  • शनिबार, भाद्र २० २०८३

बरदुबईको हिमालयन रेष्टुरेण्टमा बडादशैं मनाउने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं असोज २०।
नेपालीहरुको महान चाड बडादशैंको अवसरमा यूएईमा रहेका नेपालीहरुलाई दशैंको टिकाको दिनमा एभरेष्ट रेष्टुरेण्ट ग्रुप अन्तर्गत रहेको हिमालयन रेष्टुरेण्ट,बरदुबईले टिका ग्रहणको ब्यबस्था गरेको छ ।badadashai

हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको दिनमा घर परिवारबाट टाढा रहेका नेपाली दाजुभाई,दिदी बहिनीहरुलाई आपसी सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ बनाउँदै आफ्नो संस्कृति मान्नेहरुका लागि टिका लगाउने कार्यक्रमको आयोजना गरिएको हो ।

विगत एक दशक भन्दा बढि समयदेखि दुबईमा बसोबास गर्दै आउनु भएका अग्रज नेपाली पत्रकार, समाजसेवी तथा एभरेष्ट रेष्टुरेण्ट ग्रुपका सञ्चालक डा. दिनेश आचार्यका ८० वर्षीय पिता डिल्ली प्रसाद आचार्य र ७८ वर्षीय माता मिठु आचार्यले उक्त दिन टिका तथा आशिर्वाद प्रदान गर्ने बताईएको छ ।

घरबाट टाढा रहेका नेपालीहरुलाई मुख्य चाडबाडका दिन निधार खाली राखेर खल्लो महशुस गर्नु नपरोस भनेर विगतका वर्षहरुमा झैं टिका ग्रहण गर्ने कार्यक्रम राखिएको डा. दिनेश आचार्यले  साझा नेटवर्क लाई   बताउनु भएको छ ।

‘हामी सबै नेपालीहरुको महान चाड भएकाले बडादशैंको दिन टिका लगाउन इच्छुक जो कोही नेपालीले आएर टिका ग्रहण गर्न सक्नु हुन्छ’, डा. आचार्यले भन्नुभयो । असोज २५ गते  तद्नुसार  अक्टोबर  ११, मङ्गलबार  परेको  बडादशैंको  दिन बरदुबईमा  रहेको हिमालयन रेष्टुरेण्टमा विहान १० बजेदेखि टिका लगाउने ब्यबस्था गरिएको छ ।

यसका लागि रेष्टुरेण्टले इच्छुक समस्त नेपालीलाई आमन्त्रण गरेको छ।टिका ग्रहण गर्न चाहनेहरुलाई स्थान पहिचानको लागि सहज होस भनेर रेष्टुरेण्टले ०५५४१२६७०७ र ०५५१८४७७४६ नम्बरका दुई ओटा फोनमा सम्पर्क गरेर जानकारी लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend