logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा दसैंको चहल पहल वढेयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी असोज १९ ।
हिन्दुहरुको महान् चाड बडादसैँको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा केही दिन यता चहलपहल बढ्दै छ । दसैँलाई मध्यनजर राखेर आवत जावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दसैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका ग्रामीण बस्तीमा पनि यतिबेला चहलपहल बढेको छ ।

20161005_151757

चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्दै बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ भने, वडादसैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने उदेश्यले पनि ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो ।20161005_152607

दसैं मनाउन तथा किनमेल गर्नआउनेहरुको भिडले गुल्मीको सदरमुकाममा पनि भिडभाड बढेको छ । तम्घास बजारका बिभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ भने सदरमुका र अन्य ठाउबाट फर्किनेहरुले बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ ।

वडा दसै नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको छ । चाडपर्व मनाउन लामो समय सम्म देस तथा प्रदेसमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको छ ।
वडादसैंलाई मध्य नजर राखेर जिबिस गुल्मीले पनि ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ । वर्षातको पानिले बिग्रिएका सडकहरु मर्मत गर्नाले यात्रुहरुलाई सहजरुपमा गनतब्यमा पुग्न सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend