logo
  • शनिबार, भाद्र २० २०८३

मंगलवार जापानमा महाशक्तिशाली आँधी आउँने चेतावनी, शतर्क रहन अपिल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नारायण बस्नेत, जापान असोज १८।
जापानको केही क्षेत्रमा मंगलवार अर्थात भोली शक्तिशाली आँधी आउँने पूर्वानुमान गरेको छ । सोमवार ओकिनावा क्षेत्रमा प्रवेश गरेको आँधीले मंगलवार जापानको प्रमुख आइल्याण्ड होन्शुमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

मौसमविद्हरुले त्यस क्षेत्रमा मंगलवार तीव्र आँधी र सामुद्रि छालहरु आउँनसक्ने चेतावनी दिइएको छ । सोमवार ओकिनावा क्षेत्रमा आँधी प्रवेश गरेपछि थुप्रै हवाइ उडानहरु स्थगित गरिएको थियो ।

जापानमा प्रमुख विमान सेवा निप्पोन एयरवेज र जापान एयरलाइन्सले आँधीका कारण झण्डै १२५ वटा आन्तरिक उडानहरु रद्द गरेका छन् । आँधीका कारण सोमवार ओकिनावाका सबै स्कूलहरु पनि बन्द गरिएको थियो ।

२५० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको यो आँधी अत्यन्त शक्तिशाली रहेको मौसम विज्ञहरुले बताएका छन् । गत महिना आएको लाइनरक नामक आँधीबाट २२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend