logo
  • शुक्रबार, असोज ९ २०८३

बलेटक्सारकी गितालाई गुल्मी केयरले घर बनाइ दिने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असोज १८ ।
दुबै मृगौला फेल भएर श्रीमानको मृत्यु भएपछी बिचल्लीमा परेको गुल्मीको एक परिवारलाई गुल्मी केयर बिश्व संजालले घर निर्माण गर्न सिलान्य भएको छ । रोजगारिको शिलसिलामा बिदेसमा रहेका श्रीमानको मृगौला फेल भएर उपचारको क्रममा मृत्यु भएपछी बिचल्लीमा परेका गुल्मी बलेटक्सार ४ निवासी गिता बिकलाई बस्नको लागी घर निर्माण हुने भएको छ ।
baletakshar-gitako-gharगितालाई श्रीमानको मृत्यु पछी खाना र बस्नको लागी घर लगायतका समस्या भएको खबर सार्बजनिक भएपछी गुल्मी केयर बिश्व संजालले घर निर्माण गर्न अभियान सञ्चालन गरेको थियो । स्थानिय बिद्यालयले दिएको सर्बजनिक जग्गामा सानो झुपडीमा बस्दै आएका बिक परिवारलाई संजालले २ लाख भन्दा वढीमा घर बनाईदिने भएको छ । नेपालबाट बिदेसका बिभिन्न स्थानमा रहेका नेपालीहरुसंग आर्थिक रकम संलन गरेर घर निर्माण गर्ने रकम संकलन गरिएको संजालका कोषाध्यक्ष सागर कार्कीले जानकारी दिनुभयो ।

घर निर्माण गर्न गुल्मीको केयर बिश्व संजालका उपाध्यक्ष बिध्या कार्कीको नेतृत्वमा एक दिन बराबर श्रमदान गरेका छन् । उनिहरुले घर बनाउनको लागी जग्गा सम्माउने काम गरेका थिए । श्रमदानमा संजालका कोषाध्यक्ष सागर कार्की, राधिकार कुवँर, अमित कुवँर, पिताम्बर पाण्डेय, राजन केसी, खिमान्द भण्डारी, खिम थापा, किशोर कार्की, लगायतका सदस्य एबं प्रतिनिधहरुले दिनभर श्रमदान गरेको संजालकी उपाध्यक्ष बिध्या काकीले जानकारी दिनुभयो । उनिहरु सहित सोहि स्थानमा स्थानिय नौलो बिहानी आमा समुहले समेत सहयोग गरेको थियो ।

संजालका प्रतिनिधीहरुले गित बिकको घर बनाउन श्रमदान सगै स्थानिय तारा बहादुर रानालाई २ लाख ८ हजारमा घर बनाउन ठेक्का दिएको संजाललका अध्यक्ष मान बहादुर कुवँरले जानकारी दिनुभयो । गिताको घर निर्माण गर्न कम्तीमा १ महिना भित्र तयार गर्ने गरि सहमती भएको अध्यक्ष कुवँरले बताउनु भयो । गितलाई संजालले तिजमा दरखानाको लागी १० हजार बराबरको आर्थिक सहयोग गरेको थियो । संजालले उनका २ छोरालाई पढनलाई पनि समस्या भएको हुँदा सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend