logo
  • शुक्रबार, असोज ९ २०८३

रिडी–तम्घास सडक १२ घण्टापछि सुचारु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी असोज १७ ।
निर्माणधिन अबस्थामा रहेको सडक वर्षाका कारण पहिरो गएपछि सोमवार विहानदेखि अवरुद्ध बनेको गुल्मीको रिडी–तम्घास सडक खण्ड सोमवार वेलुकिदेखि एकतर्फि रुपमा सुचारु भएको छ ।14572195_1246935878703517_2579177207238206173_n

रिडी–तम्घास सडक खण्ड अन्र्तगत रेसुङ्गा नगरपालीका १५ स्थीत दुविचौरको खहरे खोलामा सोमवार विहानैदेखि सडक माथिवाट पहिरो खसेपछि उक्त सडक अपरान्न सम्म दिनभर अवरुद्ध बनेको थियोे ।14595672_1246935732036865_8933006251664949308_n

स्थानीय प्रशासनको पहलमा डोजर प्रयोग गरि सडकको पहिरो सामान्य रुपमा हटाएपछि १२ घण्टापछि उक्त सडक सुचारु बनेको हो ।

अवरुद्ध सडक सुचारु भएसंगै विहानैदेखि अलपत्र परेका यात्रुहरु आआफ्नो गन्तव्यमा लागेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend