साझा नेटवर्क
केसब कंडेल, कतार असोज १७ ।
दसैँ तिहारलाई समेट्दै बजारमा दसै तिहारका गितहरुको आउने क्रम बढिरहको छ । यसैक्रममा चर्चित लोक दोहोरी गायक सुर्य खड्काको नयाँ दशैं तिहार गीत बजारमा आएको छ । गायक खड्काले परदेशी नेपालीहरुको पिडा समेटिएको ‘रोए धुरु धुरु’ भन्ने गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको हो ।

जापानको टोकियोमा बस्दै आएका गायक खड्काले धेरै गीतहरु प्रदेशमा आएर भोग्नुपर्ने पिडाहरुलाई समेटेर गीतबाट दर्शकहरु माझमा ल्याउने गरेका छन् । प्रदेशमा बसेर पनि लोक संगीतलाई माया गर्दै दर्जनौ गीतहरुमा स्वर दिसकेका छन् । बहुप्रतीभाका धनी गायक खड्का यो पटक दसैं तिहारमा आफ्नै शब्द,लय तथा स्वरमा रोए धुरु धुरु ल्याएका छन् । खड्काको आवाजमा यो दशै तिहारमा अन्य दुई गीत (कोदो) र (घुम्टे टोलाउछरे) समेत छिट्टै बजारमा आउदै छन । यस (रोए धुरू धुरू) गितमा उनले आफ्नो देश छोडेर परदेशमा रहदा चाडबाड आउँदा घर परिवारको यादमा तड्पिएको मर्मस्पर्शी भाव समेटिएको छ ।
गायक खड्काले दसै तिहारको दिन पनि प्रदेशमा रहदा कामबाट छुट्टि नमिल्दा कुरा साथमा घरमा आमा दिदीबहिनीहरुलाई भेट्न नपाउदाका पीडाहरु आफ्नो गीत मार्फत दर्साएका छन् । जापानको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस म्युजिक भिडीयो गुराँस फिल्मस् जापानले निर्माण गरेको हो । साथै सुर्य खड्काको साथमा गायक तथा मोडल बिनोद भण्डारीको मुख्य भूमिका रहेको सो म्युजिक भिडियोमा सबिता जोशी, मिना लोहनी र भिम खत्रीको समेत अभिनय रहेको छ । बसन्त फिल्मस् प्रालि काठमाडौं द्वारा बजार व्यवस्थापन गरेको सो गीतको निर्देशन बिनोद भण्डारीले गरेका हुन् । छायाङन ईन्द्र भन्डारी र सम्पादन बिष्णु सुबेदीको रहेको छ ।
भिडियो हर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend