logo
  • शनिबार, भाद्र २० २०८३

सधै गयो दशैँ तिहार रुदै धरधर (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बुटवल, असोज १७ ।
हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ-दिपावलीको अवसर पारेर बजारमा गीत आउने क्रम जारि छ ।  बुटवललाई कर्मथलो बनाएर गीत संगीतमा लागेका बसन्त लम्सालले दशैँ बिशेष गीत लिएर बजारमा आएका छन ।
2
बसन्त लम्साल र सपना गाहाको संयुक्त कोसेली ‘आउ है घर फर्की ‘ युटुब मार्फत सार्बजनिक भएको हो ।दर्जनौ गीतमा स्वर दिएका लम्सालले समसामयिक गीतहरु बजारमा ल्याउने गरेका छन् ।

चाडबाड नजिकदै गर्दा बिदेशमा रहेका आफ्ना छोराछोरी घर आउन नपाउदा आमाबुवालाई हुने पिडा उक्त गीतमार्फत देखाउन खोजेको लम्साल बताउछन । बसन्त लम्साल र सपना गाहाको स्वर रहेको उक्त गीतमा सब्द बबिन नेपालले कोरेका छन् ।

लक्षमण ,पुर्णिमा ,कुलचन्द्र ,केशव आदिको अभिनय रहेको सो गीतको निर्देशन बिष्णु भट्टराईले गरेका छन् । बजार व्यवस्थापन भने अर्घादर्बार फिल्म्सले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend