साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज १७ ।
वर्षातको पानीले घर जोखिम भएपछी टहरामा बस्दै आएका एक परिवारलाई गुल्मी केयर बिश्व संजालले सहयोग गरेको छ । खरले छाएर निर्माण गरिएको घर वर्षातको पानी पसेर जोखिम भएको गुल्मी हस्तिचौर ६ छल्दी निवासी धनि मुखियलाई संजालले घर बनाउनको लागी ३ बन्डल जस्ता पाता सहयोग गरेको छ ।

घरमा ९४ वर्षिय बृद्ध आमालाई पाल्दै आएका दुइ छोरीको आर्थिक अबस्था कम्जोर हुँदा उनिहरुले नयाँ घर बनाउन सकेका थिएन । वर्षातको पानीले घरमा बस्न नहुने बनाएपछी उनिहरुले घर निर्माण गर्न संजाललाई आग्रह गरेका थिए ।
परिवारमा अन्य सदस्य कोहि नभएका र गाउँमा खेती किसानी गर्दै आएका महिलाहरुको आर्थिक अबस्था कम्जोर भएको खबरपाएपछी संजालले केहि मात्रमा भएपनी उनिहरुलाई राहत मिलोस भन्दै सहयोग गरेको संजाललका अध्यक्ष मान बहादुर कुवँरले बताए ।
धनि मुखियालाई सोमवार एक कार्यक्रमका बिच संजालका कोषाध्यक्ष सागर कार्कीले उक्त जस्ता पाता हस्तातरण गरिएको थियो । परिवारमा अन्य सदस्य नभए ति दुइ महिलाहरुले बिवाह नगरि आफनी आमालाई पाल्दै आएका छन् ।
गुल्मी केयर बिश्व संजालले नेपालबाट प्रदेसमा रहेका नेपालीहरुको आर्थिक सहयोगमा देसमा बिभिन्न दैबिक प्रपोक पिडित, आर्थिक अभावमा बिभिन्न रोगलागेर उपचार गर्न नसकेका लगायतकालाई सहयोग गर्दै आएको छ ।
संजालले हालै गुल्मी जिल्लामा केहि व्यक्तिहरुलाई आफनै लगानीमा घर निर्माण गर्दै रहेको संजाललका अध्यक्ष कुवँरले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend