logo
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना, २ को मृत्यु २३ घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सागर राज तिमिल्सिना ,पोखरा असोज १७ ।
काठमाडौंबाट बागलुङ जाँदै गरेको बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै दुर्घटना भएको छ।दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

गुल्मीको नेटाका ४५ वर्षीय मनरूपा अर्याल र साढे दुई वर्षका अतिष अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।उनीहरुको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको रात्री बस याम्दी पुलभन्दा केही माथि दुर्घटनामा परेको हो।पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा बिहानीपख दुर्घटना भएको स्थानीयवासीले जानकारी दिएका छन्।

तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ।बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जानकारी दियो।

घाइतेहरुलाई उपचार पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भईरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend