साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी असोज १६।
नेपाली कांग्रेस वामीको आयोजनामा आज वामीमा शोक सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस , वामीका सभापति सुदर्शन शाक्य तथा उहाँँका भाइहरु संसार शाक्य र सन्तोष शाक्यकी ममतामयी माता गोमा कुमारी शाक्यको यही आश्विन ११ गते राती साढे १० बजे ७८ बर्षको उमेरमा भएको निधन प्रति दुख ब्यक्त गर्दे शोक सभा आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस वामी गाँउ कार्य समितिका उपसभापति भिमसेन केसीको अध्यक्षता रहेको थियो भने नेपाली का महाधिबेशन प्रतिनिधिहरु राजेन्द्र प्रसाद श्रेष्ठ, ज्ञानहरी सापकोटा, श्रीप्रसाद भलामी, उद्योग बाणिज्य संघ गुल्मीका महासचिब तारा भुषाल, लगायत बिभिन्न राजनीनितक दल, संघसंस्था, बुद्धिजिवी, समाजसेबी, भुपु सैनिक, महिला, शिक्षक को उपस्थिती रहेको थियो ।
त्यसैगरी कार्यक्रममा काङ्ग्रेस मात्र नभइ नेकपा एमाले, नेकपा माओबादी केन्द्र तथा अनय राजनीतिक दलहरुको पनि सहभागीता रहेको थियो । करिब १० संघसंस्था तथा राजनीतिक दलहरुले संयुक्त रुपमा शोक कार्यक्रम सम्पन्न गरेका हुन ।
कार्यक्रममा नेकपा एमाले वामीका अध्यक्ष गोपिकृष्ण खरेलले दिबगंत आत्माको चिर शान्तिको कामना गर्दे स्व. शाक्यका क्रियाकलापले उहाँलाई फेरी पुर्नजन्मको आबश्यकता नभएको बताउनुभएको थियो।साथै उहाँले नेपाली कांग्रेसले आफुले आयोजना गरेको यस कार्यक्रममा सम्पुर्ण राजनीतिक दलहरुलाइ निमन्त्रण गर्नु निकै सम्मानयोग्य काम भएको बताउनुभयो ।
उहाँले नेकपा एमाले तथा वामी टक्सार स्वास्थय चौकीले तयार पारेको शोक पत्र बाचन बाचन गरी परिवारलाई हस्तान्तरण गर्नुभयोे ।त्यसैगरी कार्यक्रममा नेपाली काङग्रेस वामीका पुर्व सचिब डिलाराम खरेलले नेपाली कांग्रेसले तयार पारेको शोक पत्र बाचन गरि परिवारलाई हस्तान्तरण गर्नुभया ।
त्यसैगरी नेपाली काङग्रेस इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारीले इलाका कार्य समितिले तयार पारेको शोक पत्र तथा नेपाल नेत्र ज्योती संघ जिल्ला सदस्य दिनेश खातीले नेत्र ज्योती संघ जिल्ला कार्य समिति तथा वामी शाखाले तयार पारेको शोक पत्र बाचन गरी परिवारलाई हस्तान्तरण गर्नुभयो भने रेडियो पुष्पाञ्जलीका सचिब सरोजराज बौद्धाचार्यले रेडियोले तयार पारेको शोक पत्र बाचन गरी परिवारलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा कार्यक्रमका सभापति केसीले अगरबत्ती बाली शुभारम्भ गर्नुभएको थियो भने एक मिनेट मौन धारण गरी स्व. शाक्यको तस्विरमा उपस्थित सबैले माल्याणर्पण गरेका थिए ।कार्यक्रममा उद्योग बासणज्य संघ जिल्ला उपाध्यक्ष श्रीप्रसाद भलामी तथा नेपाली कांग्रेस वामीका पुर्वसचिब तिर्थमणीकाफ्लेले शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा करिब २ सय भन्दा बढीको सहभागीा रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस का पुर्ब सचिब तेजेन्द्र जीसीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend