logo
  • शुक्रबार, असोज ९ २०८३

आज घटस्थापना, पश्चिम बागलुङका विभिन्न कोट तथा भगवती मन्दिरहरुमा नवदुर्गा सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का,बुर्तिबाङ असोज १५ ।
आज घटस्थापना अर्थात वडा दशैंको पहिलो दिनबाट नवदुर्गा प्रारम्भ भएको छ । यस अवसरमा हिन्दुधर्मावलम्बीहरुले मनाउने गरेको ठूलो पर्वको सुभारम्भ भएको दिनका रुपमा लिईने गरिन्छ । sam_4664

आज देशै भरिका देवी मन्दिर र कोटहरुमा पुजा आरधाना सहित जमरा राखेर नवदुर्गाको प्रारम्भ गरिएको छ ।यसैबीच बुर्तिबाङ तथा आसपासका विभिन्न कोट तथा देवी भगवती मन्दिरहरुमा विधीपूर्वक पुजा आरधाना सुरु गरिएको छ । 14528409_1790483854539863_175991279_n

बुर्तिबाङ बजारमा रहेको भगवती मन्दिरलाई केही महिना यता नवनिर्माण सुरु गरिएको थियो । निर्माणको करिव अन्तिरम चरणमा आइरहँदा आजैका दिन उक्त मन्दिरमा पुजा आजा सहित देवीको मुर्ति प्रतिस्थापन सहित जमरा राखेर नवदुर्गा प्रारम्भ गरिएको बताइएको छ ।14527607_1790483837873198_1824468795_n

विहानै देखि वाजागाजा सहित भगवती मन्दिरमा हिन्दु परम्परा अनुसार भगवती देवीको मुर्ति प्रतिस्थापन सहित जमरा राखिएको मन्दिर पुननिर्माण समितिका अध्यष गुञ्जबहादुर भण्डारीले बताउनुभएको छ । बागलुङ क्षेत्र नं. ३ का साँसद ज्ञानकुरमारी छन्त्यालको प्रमुख आतिथ्यता समेत रहेको कार्यक्रममा स्थानीय वजारवासीहरुको उपस्थिति रहेको थियो ।14527531_1790483877873194_1393749479_n

मन्दिर पुननिर्माणको सबैकाम अझै सम्पन्न नभएको भएपनि आजबाट नवदुर्गा सुरुभएकाले मन्दिरमा मुर्ति प्रतिस्थापन र जमरा राख्ने काम भएको आर्थिक संयोजक ध्रुव श्रेष्ठले बताए।

यस्तै आजैबाट वागलुङ पश्चिमको राजकुत स्थित नरसिंहकोट मन्दिर, बोहरागाउँको खाडामष्ट मन्दिर, देविस्थान स्थित देविस्थान मन्दिर, बुर्तिबाङ भब्रेटाको कालीका मन्दिर, प्रहरी कार्यालय परिसरमा रहेको भगवती मन्दिर, खुँगाको खडककोट मन्दिर, दर्लिङ मालारानी, भिमगीठेको देवि मन्दिर तथा गावँको खडगकोट मन्दिर र दर्लिङ खहरेको देवी मन्दिर, दगातुम्डाँडाको खडककोट मन्दिर लगायत आसपासका गाउँ विकास समितिमा रहेको देवी मन्दिरहरुमा सरसफाई गरि विधिपूर्वक जमरा राखेर नवदुर्गाको पुजा आरधाना सुरु गरिएको छ ।

आजदेखि सुरुभएको नवदुर्गा भवानीको पुजा आरधाना आगामी विजया दशमीका दिनसम्म हुने र दशै पछिको कोजाग्रा पूर्णिमा अवसरमा फूलपाति सेलाएर विसर्जन गरिने यहाँको परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend