logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा चन्दादाता सम्मान तथा स्मारिका बितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, वामी गुल्मी असोज १५।
नेपाल राष्ट्रिय सर्बाेदय उमाबि पौदीअमराइले आज बिद्यालयका चन्दादाता सम्मान गर्दे हिरक महोत्सबको स्मारिका बितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै बिद्यालयका चन्दादाता सम्मान गरी स्मारिका बितरण गरेको हो ।

कार्यक्रममा हिरक महोत्सब मुल समारोह समितिका संयोजक हरि बहादुर थापाको अध्यक्षता रहेका थियो भने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । भने ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको बिशिष्ट आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले बिद्यालयको शैक्षिक स्तर बृद्धिको लागि सबै लाग्नुपर्ने कुरा बताउनुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि शर्मालाइ दोसल्ला र स्मारिका सहित सम्मान गरिएको थियो ।

त्यसैगरी हिरक महोत्सब मुल समारोह समितिका संयोजक थापालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने स्मारिकको सम्पादनमा सहयोग गरेको भन्दै शिक्षक अच्युत गिरी तथा ५ हजार भन्दा बढि सहयोग गर्ने चन्दादाताहरुलाई दोसल्ला, सम्मान पत्र तथा स्मारिका सहित सम्मान गरिएको थियो ।

बिद्यालयका प्राचार्य चिरञ्जिवी थापा तथा शिक्षक अच्युत गिरीले मन्तब्य राख्नुभएको कार्यक्रममा शिक्षक इन्द्रमणी खनालको स्वागत भाषण राख्नुभएको थिया भने सञ्चालन शिक्षक तुल्सीराम घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्राचार्य मोहनलाल अर्याले आर्थिक बर्ष २०७२÷०७३ को आयब्याय बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा बिभिन्न ब्यक्ति तथा संघसंस्थालाई स्मारिक प्रदान गरिएको थियो ।

साथै आजै कार्यक्रमका प्रमुख अतिथि तथा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माले पैदीअमराइ ८ मा रहेको छत्र निमबिको अनुगमन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend