साझा नेटवर्क
घनश्याम पौडेल ‘परिश्रमी’धातिवाङ्ग,असोज १५ ।
अर्घाखाँची जिल्लाका गाउँगाउँमा डेरी सञ्चालनमा आउन लागेसँगै अर्घाखाँची जिल्लाको धातिवाड्डमा विहिवार जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलले डेरीको उदघाटन गर्नुभएको छ । 
लुम्विनी सामुदायिक कृषी सहकारी संस्था लिमिटेड धातिवाङ्ग मार्फत सञ्चालनमा आएको दुग्ध सङकलन केन्द्र डेरीको बिहिवार उदघाटन गर्दै मण्डलले डेरी राम्रो सँग सञ्चालन गरी नमुना डेरी सञ्चालन गर्न शुभकामना दिएका थिए।
धातिवाङ्गका सवैलाई अवदेखी उन्नत जातका पशुपालन गर्नतर्फ कृषकहरु लाग्नुपर्ने भन्दै धातिवाङ्गमा डेरी सञ्चालनमा ल्याउन लागी २ लाख रुपैया नेपाल सरकारबाट अनुदान पार्न सहयोग गर्नुहुने लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणी पौडेल तथा डा.लोकनाथ पौडेलको समेत पंसशा गर्दै काम गर्ने तथा राम्रो बाटो देखाईदिने मानिस पाउन मुस्कील हुने बताए ।
पौडेलले जिल्लाको लागी पशु कार्यालयसँग सम्बन्धीत काम गर्नुभएकोमा धन्यवाद दिदै यस डेरीको देखासिकी गरी अन्य गाविसले पनी डेरी सञ्चालन गर्नको लागी प्रभावित पार्नेखालको काम गर्नुपर्नेमा जोड दिनु पर्ने बताए।जिल्ला पशु सेवा कार्यालयका प्राविधिक गुरुप्रसाद भुसालले कृषकहरु बिमा गर्नुपर्नेमा जोड दिदै क्षती भएमा केही राहत मिल्ने भन्दै बिमा महत्वपुर्ण रहेको बताए ।
लुम्बिनी सामुदायिक कृषी सहकारी संस्थाका अध्यक्ष पुनाराम पौडेलले सहकारीलाई नमुना सहकारी बनाउन लागिरहेको भन्दै संस्थाले डेरी सञ्चालनमा ल्याएको भन्दै सङकलन भएको दुध सन्धिखर्क, पाल्पा बुटवल पठाउने तयारीमा लागेको बताउदैसंस्थाका सदस्यहरु तथा धातिवाङ्गका सवै जनताले उत्पादन गरेको दुध विक्रि गर्न पाउने, उत्पादन गरेको दुध विक्रि गर्दा कुनै शेयर नलागीकन सवैले विक्रिी गर्न पाउने बताएका थिए ।
सहकारीका सदस्य तथा धातिवाङ्गका सवै बासिन्दाहरु डेरी सञ्चालनमा आउन लागेपछी हर्षित भएका छन।उदघाटन समारोह लुम्विनी सामुदायिक कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष पुनाराम पौडेलको अध्यक्षता र सदस्य प्रेमलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend