logo
  • शुक्रबार, असोज ९ २०८३

आरसीजी लघु जलविद्युत आयोजनको बारेमा छलफल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ असोज १४।
बुर्तिबाङ स्थित आर सी जी लघु लजविद्युत आयोजना र विद्युत उपभोक्ता संवाद समितिबीच आज प्रशासनमा छलफल भएको छ । विद्युत संचालकले अनियमित रुपमा सेवा शुल्कको नाममा रकम असुल्न खोजेको भन्दै विद्युत उपभोक्ताहरुले विरोध गर्दै एकीकृत सेवा केन्द्र बुर्तिबाङ र उपभोक्ता मन्च बागलुङ तथा जिल्ला प्रशासन कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए ।

सोही उजुरीको लागि जिल्ला प्रशासनको निर्देशनमा आज एकीकृत सेवा केन्द्र बुर्तिबाङले दुबै पक्षलाई छलफलको लागि बोलाएको हो । प्रशासनको रोहबरमा विद्युत संचालक र विद्युत उपभोक्ता कार्य संपादन समितिबीच छलफल भई सहमती खोज्ने प्रयास भए पनि उपभोक्ताको माग अनुसार सबै विषयको टुंगो भने अझै लागेको छैन । तर पनि सहमतीका लागि केही महत्वपूर्ण विषयमा सहमती भएको बताइएको छ ।

आज भएको दुई पक्षीय सहमती अनुसार संचालकले बाढीले विद्युतलाई क्षती पुराएको भनी सेवा शुल्कको नाममा लिने भने बिलिङ गरेको २ हजार रुपैंया नलिने, घर किन बेच गर्दा ठाउँसारी र नामसारीको नाममा लिदैं आएको १० देखि १५ हजार रुपैयाँ नलिने र कलकारखाना र उद्योग संचालकलाई न्युनतम शुल्क भनी २४ सय रुपैया अनिवार्य लिएकोमा अबदेखि विद्युत मिटर बक्समा चढे अनुसारको युनिटको मात्र विद्युत रकम उपभोक्ताबाट लिनुपर्ने विषयमा सहमती भई निर्णय भएको बताइएको छ ।

विद्युत संचालकले लिंदै आएको प्रति १५ रुपैया युनिट महसुल दर, विद्युत जडान चार्जको नाममा लिंदै आएको ५० हजार रुपैयादेखि ७० हजार रुपैयाँ सम्मको सेवा शुल्क र अन्य उपभोक्ताका मागको विषयमा भने अझै टुँगो लागेको छैन । यसको लागि फेरि छलफल गरिने निर्णय भएको छ ।

विद्युत उपभोक्ता कार्यसमितिको पहलमा रिठाखोला लघुजल विद्युतको लाइन बुर्तिबाङमा लिई विद्युत आपूर्ति गर्नका लागि काम सुरु भएको भएपनि लोड सेन्टरको बारेमा समेत निर्णय नभएकाले यस विषयमा समेत अर्काे बैठकमा निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend