logo
  • शनिबार, साउन ३० २०८३

दशैँको अवसरमा बाग्लुङमा साँस्कृतिक कार्यक्रम हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी असोज १३।
थानापति समाजकल्याण संस्था ग्वालीचौर ८ दाँग बाग्लुङ्ले आफ्नो १९ औ बार्षिकोत्सब तथा आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा बिबिध खेलकुद, मनोरञ्जनात्मक सास्ँकृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले यही असोज १४ गतेदेखी १९ गते सम्म बिबिध मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।

संस्थाका अध्यक्ष चक्र बुढाले दिएको जानकारी अनुसार भलिबल, रेकर्ड डान्स, अभिभाबहक कुर्सी दौड प्रतियोगीता, घैटोफोर लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको हो । जस मध्ये भलिबल प्रतियोगीताको लागि प्रथम पुरस्कार १६ हजार रनिँग कप, प्रमाणपत्र रहेको छ भने द्धितीय पुरस्कार ११ हजार मेडल, प्रमाणपत्र तथा तृतिय पुरस्कार ३ हजार मेडल र प्रमाण पत्र रहेको छ ।

कार्यक्रमको उद्धेश्य युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउनुका साथै स्थानीय तथा नवदित कलाकारहरुलाई प्रात्साहन गर्नु रहेको बताइएको छ । कार्यक्रममा कलाकारहरु मनोज घिमिरे, छबि राकसकोटी, कल्पना परियार लगायतका कलाकारहरुले सास्ँकृतिक प्रस्तुती देखाउने कार्यक्रमका आर्थिक संयोजक राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो कार्यक्रम आयोजना गर्नको लागि संस्थाको लागि स्वदेश तथा बिदेशमा रहेका बिभिन्न ब्यक्तिहरुद्धारा करिब ३ लाख बराबरको सहयोग प्राप्त भएको संस्थाका सचिब चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । यसरी संकलित रकम सामाजिक बिकासका कार्यहरुमा प्रयोग गरिने सचिब घिमिरेको भनाइ रहेको छ ।

२०५४ सालमा स्थापना भएको यस क्लबले समाजको हितका लागि पनि कामहरु गर्दै आएको छ । यसै संस्थामा आबद्ध युवाहरुले केही दिन अगाडी मात्रै करिब ५ महिना देखी अवरुद्ध बिद्युत सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend