साझा नेटवर्क
प्रकाश घिमिरे/अनिश शर्मा गैरे, गुल्मी असोज १३।
समाज सेवा नै मानव धर्म हो भन्ने मुल नाराका साथ बाग्लुङ्को ग्वालीचौरको एक संस्थाले एम्बुलेन्स खरिद अभियान शुरु गरेको छ । ग्वालीचौर समाज कल्याण केन्द्रले यस्तो अभियान शुरु गरेको हो ।
आफ्नो गाँउ ठाउको बिकासको लागि आफै लाग्नुपर्दछ भन्ने मुल मान्यता राख्दै उनीहरु यस अभियान शुरु गरेका हुन । बर्सेनी एम्बुलेन्स नभएकै कारण ज्यान गुमाउन बाधय स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दे यस्तो अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष रामशरण घिमिरेले जानकारी दिनुभयो । अभियानको लागि मुख्य रुपमा आर्थिक आबश्यक पर्ने र आर्थिक संकलन अभियान भब्य रुपमा सञ्चालन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
समाजले अहिले आफ्नै नेतृत्वमा सहयोग संकलन कार्य अगाडी बढाउने र बिदेशमा साथीभाइ तथा केन्द्रमा आबद्ध ब्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरिएको क्लबका संयोजक प्रदिप खरेलले जानकारी दिनुभयो । अहिले सम्म करिब १ लाख ५० हजार सहयोग संकलन भैसकेको र २ लाख रुपैया केन्द्रको आफ्नो आन्तरीक कोष गरि करिब साढे ३ लाख रुपैया आर्थिक ब्यबस्थापन भैसकेको समेत खरेलले जानकारी दिनुभयो ।
साथै केन्द्रले सम्पुर्णहरुहरुमा सहयोग गर्न आग्रह समेत गरेको छ । उहँँका अनुसार देश तथा बिदेशमा आर्थिक संकलन गर्नको लागि बिभिन्न ब्यक्तिहरुलाई नृतत्व प्रदान गरिएको छ । यस ग्वलिचौर समाज कल्याण केन्द्र ग्वालिचौर ३ बाग्लुङले स्थानिय कला संस्कृतिको संरक्षण र संम्वर्धन, गरिब पिछडिएका वर्गको उत्थान जस्ता समाजसेवामुलक कार्यक्रम गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend