साझा नेटवर्क
कृष्ण बिसी, पाल्पा असोज १३।
“छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने, मिठो चोखो पाईदैन खुुवाउन, किन आउछ दशै, किन आउछ तिहार गरिबको मन मात्रै रुवाउन” प्रस्तुत गरिएको शब्द दिपीका मगर र पवन के.सी.को दशै सम्बन्धी एल्वम किन आउछ दशै तिहारबाट लिईएको हो ।
नेपालीहरुको महानपर्व बिजया दशमी र शुभदिपावली नजिकिदै गर्दा दशै तिहार बिशेष गित बजारमा आउने क्रम जारी छ । कतिपय दशै तिहार सम्बन्धी गित मनोरन्जन दिने खालका छन भने कतिपय गितले वास्ताविक नेपाली समाजको यर्थाथतालाई बोकेका छन ।
त्यस्को एक उदाहरण हो अन्जुली म्युजिक मार्फत बजारमा आएको गित किन आउछ दशैतिहार। गितमा चाडपर्वमा गरिबीले निम्त्याएको समस्या र हुदा खानेको पिडालाई समेटेको छ ।
पाल्पाको सहलकोटमा जन्मनु भएकी लोक तथा दोहोरी गायिका दिपीका मगरले बालचन्द्र बराल र पवन केसी सगंको सहकार्यमा गित बजारमा ल्याउनु भएको हो । उक्त गितमा ऋषी खडकाको लय श्रृजना, बालचन्द्र बरालको शब्द र दिपीका मगर र बालचन्द्र बरालको स्वर सुन्न सकिन्छ ।
बिगत केही समय देखी काठमान्डौमा बसेर लोकगितमा सक्रिय मगरले गितलाई माया गरिदिन र सुनिदिन सबैमा आग्रह गर्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend