साझा नेटवर्क
काठमाडौं, असोज १२ ।
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन ।
यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता रहेका अाजको नयाँ पत्रिकादैनिकमा समाचार छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना.३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालक सहित ट्रकको हालसम्म अत्तोपत्तो छैन ।
तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् । ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend