साझा नेटवर्क
घनश्याम पाैडेल, अर्घाखाँची असोज १२।
अर्घाखाँची जिल्लाकाे धातिवाङमा बुटवल देखि धातिवाङ सम्म माईक्रो बस सञ्चालनमा आउने भएकाे छ ।
नेपालीहरूकाे महान चाडपर्वमा बस सञ्चालनमा आउन लागेपछि धातिवाङ गाविस सगँसगै अन्य गाविस पणेना, पटाैटि, मैदान गाविसका बासिन्दालाई समेत यात्रा गर्न सहज भई श्रीनगर यातायात व्यवसायी समिति माफंत सञ्चालन गर्न लागिएकाे गाडिधनि गाेपाल पाैडेलले जानकारी दिनुभएकाे छ ।
पहिलोपटक धातिवाङमा २४ गते महानवमिका दिन माईक्रोबस ल्याउने गाडिधनि पाैडेलले जानकारी दिनुभयाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend