logo
  • शुक्रबार, असोज ९ २०८३

दोस्रो किर्तिपुर मेला असोज १३ गतेबाट सुरु हुदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, असोज १२।
नेपालीहरुको महान चाड बडा दशैँ नजिकै आउदै गरेको अबस्थामा सस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला २०७३ यहि आउदो असोज १३ देखि असोज २३ गते सम्म किर्तिपुरको नया बजार खेलकुद मैदानमा हुने भएको छ ।
kirtipur
सधै सामाजिक कार्य गर्दै आएकोऔधोगिक शान्ति नेपाल सस्थाले यसपाली भने एम्बुलेन्स सयोगार्थ दोस्रो पटक कीर्तिपुरमा मेला आयोजना गर्दैछ ।लामो समय देखि नेपालका विभिन्न जिल्लाहरु मा औधोगिक तथा व्यापार मेला गर्दै आएको आधोगिक शान्ति नेपाल सस्था र बिगत साढे तिन दशक देखि सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील रहदै आएको नया बजार क्लब किर्तिपुरको संयुक्त आयोजनामा किर्तिपुरमा नै दोस्रो पटक दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ आयोजना हुन लागेको हो ।

14508553_1206507242724683_1677862149_nकिर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिए ।

मेलामा २ सय भन्दा बढी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा निशुल्क स्वास्थ्य सिबिर रहने साथै मेलामा प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।

दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले गराए ।

उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उहाले आव्हान पनि गर्नु भयो । उक्त मेला बिधिबत रुपमा १३ गतेबाट सुरु हुने भएनी स्टल हरु भने भोलि देखि नै खुल्ला रहने जानकारी पनि उनले गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend