साझा नेटवर्क
नानु माया, साइप्रस असोज १०।
नेपालीको पहिलो पटक सहभागिता रहेको फोक्लोर महोत्सब भब्यरुपमा सम्पन्न भएको छ । गत सेप्टेम्बर २५ मा निकोसियामा सम्पन्न पाँचौं फोक्लोर महोत्सबलाइ लाकातामिया नगरपालिका निकोसियाले आयोजना गरेको हो ।
साइप्रसमा कार्यरत आप्रावशी समुदाय बीच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यका साथ आयोजना भएको महोत्सबमा पहिलो पटक सहभागिता जनाएको हो । नेपाल सहित विभिन्न ८ देश भारत,भियतनाम,चीन,श्रीलंका, फिलिपिन्स साउथ कोरिया,साइप्रसले आफ्नो देश झल्कने झाकी प्रस्तुत गरे।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै गुरुङ भेसभुसामा सजिएर नृत्य प्रस्तुत गर्दा साइप्रसका स्थानीय सिप्रेट लगायत दर्सकले निकै मन पराए,सुजा गुरुङ ,पवित्रा गुरुङ ,रियांसी शेर्पा ,नमडोल केसंग ले ” यो माया ले पार्यो रुनलाई ” बोलको सालैजो गितमा सामुहिक नृत्य प्रस्तुत गरे भने नामडोल केसांगले पानी मिठो मेरो हजुर इलाम बजारको बोलको गीतमा एकल नृत्य प्रस्तुत गरिन ।
नेपालको प्राकृतिक सुन्दरता , संस्कृति बारे जानकारी दिदै सगरमाथा को देश नेपाल घुम्न आउन युवराज गुरुङ ले स्टेजबाट निमन्त्रणा दिए । समयमा सुचना प्राप्त नहुदा निकै छोटो समयमा तयारीमा गरि सहभागिता जनाउनु परेकोमा संयोजक बिमल रानाभाटले दुख व्यक्त गरे ।
नेपाली समुदायलाई हरेक वर्ष निमन्त्रणा पठाउने गरिएको भए पनि सम्बन्धित संघसस्थाले बेवास्था गर्दा गत ४ वर्ष नेपालले सहभागिता जनाउन सकेको गुनासो गर्दै आगामी वर्षको महोत्सब को लागि समयमै तयारि गरि भब्य प्रस्तुति र झाकी प्रदर्सन गर्ने राजकुमार रानाभाट ले बताए ।
नेपाली मौलिक सस्कृतिलाइ प्रवर्दन गरेकोमा सम्मान गर्दै लाकातामिया नगरपालिकाले प्रमाण पत्र प्रदान गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend