logo
  • शनिबार, साउन ३० २०८३

समाजसेवी युवा क्लवले भलिवल खेल प्रतियोगिता आयोजना गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी असोज ११।
समाजसेवी युवा क्लब रे.न.पा. ४, अर्खले गुल्मीको आयोजनामा नगरपालिका भित्रका वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

गाउँमा बाटो मर्मत, सरसफाई लगायतका बिभिन्न काम हरु सम्पन्न गरेको क्लबले हाल नगरपालिका भित्र हुने खेलहरुकै ठूलो रासिको पुरस्कार तोक्दै खेलको आयोजना गर्न लागेको हो ।

जसमा प्रथम पुरस्कार रु. ३० हजार, दोस्रो रु. २० हजार तेस्रो रु. १० हजार र मेडल तथा प्रमाण पत्रको व्यवस्था गरेको छ भने सान्त्वना, उत्कृष्ट, अनुशासन लगायत अन्य पुरस्कारको व्यवस्था पनि गरेको अध्यक्ष रेमलाल बस्यालले जानकारी दिनुभयो ।

बुद्ध मा.वि.को प्राङ्गणमा यहि असोज १९ गते देखि हुने उक्त कार्यक्रममा देश बिदेशबाट बिभिन्न महानुभावहरुले सहयोग गर्ने क्रम जारी रहेको क्लवले जनाएको छ ।

२०५७ सालमा स्थापना भएको उक्त क्लब २०६२ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा र पानमा समेत दर्ता भएको छ । केही वर्ष निस्क्रीय रहेको उक्त क्लब गत वर्ष रेमलाल बस्यालको अध्यक्षतामा पुनर्गठन भएको थियो ।

पहिले साविक अर्खले गा.वि.स.को वडा नं. ७ मा मात्र सिमित रहेको क्लब अहिले रेसुङ्गा नगरपालिका बनिसकेपछि आफ्नो कार्यक्षेत्र फराकिलो बनाउँदै रेसुङ्गा नगरपालिका वडा नं. ४ भर कार्यक्षेत्र बनाएको छ ।

समाजमा रहेका बिकृति र बिसंगतिलाई हटाउँदै युवाहरुलाई खेल क्षेत्रमा अग्रणि रुपमा लैजाने र युवा शसक्तीकरणमा जोड दिने, क्लब खोल्दै पैसा उठाउँदै खाँदै गर्ने अनि पैसा सकिएपछि क्लब पनि निस्कृय बनाउने प्रथाको अन्त्य गर्दै क्लबलाई दीर्घजीवी बनाएर बिभिन्न कोषहरु खडा गरेर अगाडि बढ्ने कुरा क्लबका अध्यक्ष बस्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend