logo
  • शुक्रबार, असोज ९ २०८३

चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन तिव्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असोज १०।
चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन गुल्मीले सदरमुकाम तम्घास सगै ग्रामीण भेगका पसलहरुमा बजार अनुगमन गरेको छ ।14466900_10155451941770620_277772843_o

बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन वेला वेलामा प्रशासनले बजार अनुगमन गर्ने गरेको छ।

जिल्लामा प्रशासनले दैनिक उपभोग्य सामान लगायत अन्य अत्यावसकिय सामानहरुको बजारमा बिक्री बितरण सम्बन्धमा अनुगमनलाई तिव्र पारेको छ । हिन्दुहरुको महान पर्व वडा दशैको नजिकिए सगै गुल्मीका प्रमुख जिल्ला अधिकारी आफै अनुगमनमा खटिएका छन् ।

14446362_10155451941755620_2072493827_o

प्रमुख जिल्ला अधिकारी सहित जिल्लाको एक अनुगमन टोलीले जिल्लाको सदरमुकाम तम्घास बाहेक जिल्लाका ग्रामीण भेगका मुख्य बजारहरुका पनि अनुगमन भएको छ ।प्रशासनको अगुवाईमा जिल्लाको सिमलटारी बजारमा बजार अनुगमन सम्पन्न भएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रिएका दाल, चामल, लेज, कुरकुरे, कुकिज,जिरा लगाएतका सामानहरु बरामद गरी स्थानिय स्तरमै नष्ट गरीएको छ ।अनुगमन कर्ताले केहि पसलहरुका तौल बराबर नभएका ढक तराजु लाई नियन्त्रणमा लिईएको छ ।

अनुगमनमा स्थानिय व्यापारीहरुले साईनबोर्ड, मुल्य सुची नराखेको, ग्राहक लाई बिल दिने नगरेको, खरिद बिल र बिक्री बिल दुरुस्त नराखेको पाईएको सशस्त्र प्रहरी गुल्मीका प्रमुख दिगबिजय सुवेदीले बताए ।

सपलहरुले नियमानुसार हुनुपर्ने कुराहरु नपाईएको हुदाँ सम्बन्धित व्यापारीहरुलाई सात ७ दिन भित्र सुधार गरी सम्पूर्ण बिवरण लिई जिल्ला प्रशासन कार्यालय गुल्मीमा हाजिर हुन निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिनुभयो ।

व्यावसायिहरुलाई आफ्नो व्यावसाय दर्ता गरेर सगै म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण प्रजिअ रानाले बताउनु भयो।अनुगमनमा एकै ठाउँ पटक पटक गल्ती दोहोरिएमा कारवाही समेत हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा बजार व्यवस्थापन तथा व्यापारीहरुको मनोमानी मुल्य बृद्धि भएको जनगुनासो आएको हुनाले जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाएको र अनुगमन निरन्तर चलिरहने उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा पाण्डेले बताए ।

यस्ता अनुगमनले प्रशासन र उपभोक्ता बिच सुमधुर सम्बन्ध र विश्वासको वातावरण श्रृजना भई प्रत्य्क्ष्य उपभोक्ता ठगिन बाट बच्ने कुरा उपभोक्ता महासंघका टोप बहादुर खत्रीले बताए।हाल सम्म सिमलटारी बजारमा यसरी प्रमुख जिल्ला अधिकारी आफै खटिएर बजार अनुगमन पहिलो पटक भएको हुदाँ स्थानियले राहत पाउने स्थानिय भवानी पौडेलले बताए ।

बजार अनुगमन अबका दिनमा जिल्ला भरी नियमित तथा थप तिव्र बनाउदै लैजाने कुरा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए। अनुगमन बाट अन्दाजी रु. पन्ध्र हजार (१५,०००र() बराबरको म्याद गुज्रिएका सामानहरु बरामद गरी स्थानिय स्तरमै नष्ट गरीएको थियो ।

अनुगमनमा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, सशस्त्र प्रहरी बल गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डे, पत्रकार ज्ञान बहादुर महतरा, उपभोक्ता महासंघको तर्फ बाट टोप बहादुर खत्री, प्रशासकिय अधिकृत, जिल्ला प्रशासन कार्यालय बाट अन्य कर्मचारी लगाएत स्थानिय प्रहरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend