logo
  • शुक्रबार, असोज ९ २०८३

स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग गर्दै हस्ताक्षर सङ्कलन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असोज १०।
स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग गर्दै गुल्मीको सदरमुकाम तम्घासमा हस्तक्षर अभियान सम्पन्न भएको छ । 14423686_1455180887843727_555450212_o
रुपन्देहीमा अबस्थित लुम्बिनी अञ्चल अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग गर्दै गुल्मीका केहि युवाहरुको सक्रियतामा उक्त अभियानले तम्घासमा हस्ताक्षर संकलन गरेका हुन।

स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग गर्दै युवाहरुले तम्घासमा बिभिन्न व्यक्ति संघ संस्थाहरुको एक्यबद्धता सहित १ हजार भन्दा वढी हस्ताक्षर संकलन गरेर बुटवल पठाएको अभियान गुल्मीका सक्रिय युवा शुवास मरासिनीले बताए ।

अञ्चल अस्पताललाई स्तर बृद्धि गरि सर्ब सुलभ मेडिकल शिक्षा, स्वास्थ्य अनुसन्धान केन्द्र लगायतका मागहरु सहित हस्ताक्षर संकलन गरिएको अभियानका संयोजक मरासिनीले बताए ।

जिल्लाबाट संकलन भएका हस्ताक्षर बुटवलमा संकलन गरेर स्वास्थ्य मन्त्रीलाई बुझाईने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend