logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी दोहलीका पुरै वडामा स्टेचर वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असोज १०।
गुल्मीको दोहली गाविसका सवै वडाहरुमा नेपाल रेडक्रश सोसाईटी दोहली उपशाखाले विरामी बोक्ने स्टेचर वितरण गरेको छ । हस्तान्तरण कार्यक्रममा उपशाखा दोहलीका सभापति शेरबहादुर विष्ट , कोषाध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा उनिहरुले त्यस गाविसका विकट गाउँमा कतिपयसुत्केरी महिला र विरामीहरु समयमै अस्पताल सम्म पुग्न नसकेर अकालमैं ज्यान गुमाउनु परेका घटनालाई दृष्टीगत गरी प्रत्येक वडामा स्टेचर पुराउने निर्णय गरिएको बताएका थिए ।

दोहली उपशाखा सभापति पिताम्वर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव वसन्त कार्कीको सञ्चालन रहेका सह–सचिव भिमकान्त खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend