logo
  • शुक्रबार, असोज ९ २०८३

पश्चिमाञ्चलकी उत्कृष्ट खेलाडी अव पुर्वाञ्चलमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी, असोज–१०।
गत वर्ष पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएकी गुल्मीकी एक खेलाडी अव पुर्वाञ्चलमा हुने राष्ट्रिय स्तरको खेलमा समेत अनुवन्धीत भएकी छिन् ।

महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा कक्षा १० मा अध्यानरत ईस्वरा कार्की अव केहि दिन पछि पुर्वाञ्चलको विराट नगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितमा कपड्डी विद्याको प्रतियोतियोगिका रुपमा जिल्ला विकास समिति गुल्मीबाट अनुवन्धीत भएकी हुन् ।

गुल्मीकै घमिर गाविस वडा नम्वर ४ निवासी कार्कीले गत वर्ष काठमाण्डौंमा भएको राष्ट्रिय स्तरको खेलमा समेत स्वर्णपदक जितेर गुल्मेलीको शिर उचो पार्न सफल भएकी थिईन् । उच्च कद हिष्ट पुष्ट कार्की छोटो समयमै यस जिल्लाको गहना खेलाडीका रुपमा सव्धोन हुन थालेकी छिन् ।

उनै गुल्मीकी गहना ईस्वरा कार्कीलाई सहकर्मी प्रेम सुनारले यस पाली पनि तपाईले स्वर्ण पदक जितेर गुल्मेलीको शिर उचोे पार्न सक्छु भन्ने कुरामा विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले आफु विश्वस्त रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend