logo
  • शनिबार, साउन ३० २०८३

रिघा मनेवा दरमखोला परियोजनाको लागी शेयर खुल्ला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ असोज ९ ।
वामी इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को दोश्रो साधारण सभा गुल्मीको वामीटक्सारमा सम्पन्न भएको छ। सो साधारण सभाले कम्पनी मार्फत निर्माण हुन लागेको रिघा मनेवा दरमखोला जल विद्युत परियोजनाको लागी यहि असोज २१ गते सम्म शेयर खुल्ला गर्ने निर्णय गरेको छ।

रिघा मनेवा दरमखोला जल विद्युत सहकारी संस्थाको नाम वाट परियोजना सुरु गरिएपनि सहकारीले एक्लै सम्पन्न गर्न नसक्ने देखिएपछि वामी इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.ले आयोजना शुरु गर्न लागेको हो। काँडेवासको पुछार देखि पेनस्टक पाईप मार्फत मनेवामा पानी खसाली निर्माण गर्ने सो आयोजना तिन वर्ष भित्र निर्माण सम्पन्न गरिने प्रालिका सचिव अर्जुन सापकोटाले जानकारी दिनुभएको छ ।

१० मेगावाट क्षमताको सो आयोजना निर्माण पछि राष्ट्रिय प्रसारण लाइन मार्फत देशमै योगदान पुग्ने परियोजनाले जनाएको छ। सनिवार भएको साधारण सभामा अध्यक्ष रुपकलाल श्रेष्ठले ४६ लाख वढिको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।

कम्पनीका कानुनी सल्लाहकार अनन्तलाल भण्डारीको विशेष उपस्थितिमा भएको भेला अध्यक्ष रुपकलाल श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष गोपिकृष्ण खरेलको स्वागत मन्तव्य तथा सचिव अर्जुन सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend