साझा नेटवर्क
सुवास वि.सी, पाल्पा असोज ८।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि केन्द्रय सदस्यमा लोक दोहोरी गायक रामचन्द्र चन्दले उमेदवारी घोषणा गरेका छन् । यहि असोज ८, ९, १० गते काठमाडौंमा सम्पन्न हुने छैटौ राष्ट्रिय महाधिवेशनमा केन्द्रि सदस्यमा गायक चन्दले उमेदवारी घोषणा गरेका छन् ।
बिगत लामो समय देखि जिल्ला अञ्चल हुदै आफुले गरेको अनुभव सगै कला संस्कृतिमा आफनो निरन्तताले यस क्षेत्रमा केहि गर्नु पर्छ भन्ने अबिभाराका साथ केन्द्रिय सदस्यमा उमेदवारी घोषणा गरेको बताए ।
बिभिन्न समयमा संस्थामा लामो समय खटेर अमुल्य योगदान दिँदै आएको र आगामी दिनहरुमा पनि अबसर प्राप्त भए काम गर्ने अठोट आफुमा रहेकोले केन्द्रिय सदस्यमा आफनो उमेदवारी रहेको गायक चन्दको भनाई छ । संगित क्षेत्र बलियो भरपर्दो र मर्यादित नभएर कलाकारहरु पनि बलियो नहुने भन्दै नेतृत्वबाटै केहि बलिया योजनाहरु अहिले संगित क्षेत्रमा दिनुपर्ने आबश्यकता रहेकोले आफनो केन्द्रि सदस्यमा उमेदवारी रहेको बताए ।
पछिल्लो समयमा बिग्रदो स्थितिमा रहेको लोक सँस्कृतिलाई जगेर्ना गर्नु र आगामी यात्रा पनि सबैको भरोसाको केन्द्र बनाई कला संस्कृतिको संरक्षण संबद्धन गर्नमा आफनो महत्वपूर्ण भुमिका रहने गायक चन्दको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend