logo
  • शनिबार, साउन ३० २०८३

५० करोड याहू प्रयोगकर्ताको एकाउन्ट ह्याक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

एजेन्सी ।
इन्टरनेट कम्पनी याहूले आफ्ना लगभग ५० करोड प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको पुष्टी गरेको छ । ह्याक गरिएका डाटामा प्रयोगकर्ताको नाम, इमेल ठेगाना, फोन नम्बर, जन्मदिनको विवरण र पासपोर्ट समेत रहेको कम्पनीले जनाएको छ ।
yahoo
याहुुले एक वक्तव्य जारी गर्दै प्राविधिक जगतमा राष्ट्र समर्थित अनलाइन हयाकिंग र चोरी सामान्य भएको बताएको छ । साइबर जगतमै अहिलेसम्मको ठूलो र गम्भिर आक्रमण भएको याहूले दावी गरेको छ । गत अगष्टमा पिस नाम गरेको एक ह्याकरले २० करोड बढी प्रयोगकर्ताको एकाउण्टमा रहेका महत्वपूर्ण जानकारी बेच्ने कोशिष गरेको थियो ।

पटकपटक भएका साइबर आक्रमणको बिषयमा अमेरिकी संघीय अनुसन्धान व्यूरो एफविआईले अनुसन्धान जारी राखेको जनाइएको छ । गत जुलाइमा अमेरिकी टेलिकम कम्पनी भेरिजोनले याहूलाई ४ सय ८० करोड डलरमा खरिद गरेको थियो ।

अहिलेको यो हयाकिङले सो खरिद र मूल्याङ्कनमा कस्तो असर पर्छ भन्ने कुरा भने खुलाइएको छैन । याहुले आफ्ना प्रयोगकर्ताहरुलाई २०१४ सालदेखि आफ्नो पासवर्ड परिवर्तन नगरेकाहरुले तुरुन्त परिवर्तन गर्ने पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend